बुधबार, १३ अगस्ट २०२५

इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी तीन जनाको मृत्यु, १३ घाइते

उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इन्डोनेसिया

बङ्गलादेशको सीमामा म्यान्मा भिडन्त

म्यान्मामा आइतबार बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ। आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन्। सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भागेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बङ्गलादेश

सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जनालाई पक्राउ

सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७  जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिङ्गापुर

मङ्गोलियामा ग्यास विस्फोट : पाँचको मृत्यु

गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उलानबटोर

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कामय

स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ। यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्टकहोम

सैनिकहरूमाथि घातक हमलापछि अमेरिकालाई धम्की नदिन इरानको चेतावनी

अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले बुधबार अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

जमिन घोटालामा मुछिएका झारखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

इडीद्वारा सोधपुछको बिचमा मुख्यमन्त्री हेमन्त सोरेन राजभवन गएर राज्यपाललाई आफ्नो राजीनामा बुझाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल छ महिना थप

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ। यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल ६ महिनासम्म बढाउने घोषणा

जुन्ताले विज्ञप्तिमा भनेको छ, ‘स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई भ्रष्टाचारको अभियोगमा १४ वर्ष जेल सजाय

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ताले भने, ‘हाम्रो न्यायिक प्रणाली लाई भत्काइँदैछ। यो पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पश्चिमी पाकिस्तानमा गोली हानाहान, ६ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कराँची

‘पीएनओ’ माग्दै बैंककदेखि सिंहदरबारसम्मः कुमारले भेटे उपराष्ट्रपतिलाई

थाई नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसित हालै भेटवार्ता गरेको छ। थाई नेपाली संघका संरक्षक कुमार कार्की नेतृत्वको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवलाई भेटेरै ‘पिपुल अफ नेपाली अरिजन’ परिचयपत्र उपलव्ध गराउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। 'आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो। तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,' स्थानीय प्रहरी अधिकारीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

घुस लिएको आरोपमा बैंकका पूर्वउच्च अधिकारीलाई २० वर्षको कारागार सजाय

मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

जापानमा डुङ्गा दुर्घटना हुँदा दस जना घाइते

जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

कङ्गोमा बम विस्फोट हुँदा १९ जनाको मृत्यु 

लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कङ्गो

रुसद्वारा सेनाको आलोचना गर्नेहरूको सम्पत्ति जफत गर्ने कदम सुरु

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेलगत्तै मस्कोले आफ्नो सेनाको अपमानलाई अवैध बनाएको छ र त्यसयता द्वन्द्वका हजारौँ विरोधीलाई हिरासतमा राखेको छ। तल्लो सदन स्टेट ड्युमाले आफ्नो पहिलो वाचनमा पारित पछिल्लो उपायले असहमतिलाई अझ कठोर बनाएको छ र मुलुक छाडेर भागेका रुसीहरूलाई असर गर्नसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन्। आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोल

दिल्लीमा  बाक्लो कुहिरो र चिसोको कारण उडान  र रेल सवा प्रभावित

दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ। यसैगरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

चीनमा शक्तिशाली भूकम्प गयो

चीन–किर्गिजस्तानको सीमामा ७.० म्याग्निच्युडको भूकम्प गएको छ।चीनको भूकम्प नेटवर्क केन्द्रले स्थानीय समय अनुसार बिहान २ बजेपछि अक्सु प्रान्तको उसु काउन्टीमा भूकम्प गएको र करिब २०० उद्धारकर्तालाई केन्द्रबिन्दुमा पठाइएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं