इरनाले २ वटा युद्धपोत जहाज बनायो
देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ।
बिएल संवाददाता - तेहरान
देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ।
बिएल संवाददाता - तेहरान
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्।
बिएल संवाददाता - काबुल
पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएकाे छ।
बिएल संवाददाता - सिड्नी
चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका छन्।
बिएल संवाददाता - बेइजिङ
अमेरिकी सिनेटर चार्ल्स शुमरले नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गरेर मारमा परेका नेपाली चिकित्सकहरूका बारेमा बुझेर उचित कदम चाल्ने बताएका छन्। नेपाल र नेपालीका शुभेच्छुकका रूपमा परिचित न्युयोर्कका सिनेटर शुमर सिनेटमा बहुमतप्राप्त दलका नेता हुन् ।
प्रदीप भट्टराई -
गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्।
बिएल संवाददाता - गाजा
श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
बिएल संवाददाता - श्रीलङ्का
युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन्।
बिएल संवाददाता - मस्को
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ।
बिएल संवाददाता - नयाँदिल्ली
दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।
बिएल संवाददाता - मनिला
दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन्। साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ।
बिएल संवाददाता - तेहरान
“टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो”, कारागार सेवाले भनेको छ, “पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।”
बिएल संवाददाता - रुस
अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन्। बिहीबार तीन देशका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत् दक्षिणी गाजा पट्टीको प्यालेस्टिनी सहर रफाहमा इजरायलले भूमि आक्रमण गर्ने योजना बनाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिएल संवाददाता - गाजा
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ। काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ। माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) को भुक्तानी माग गरेको थियो।
बिएल संवाददाता - नयाँ दिल्ली
कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ। प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो।”
बिएल संवाददाता - ताइवान
थाइल्यान्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ। करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध–सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन्।
बिएल संवाददाता - बैंकक
सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ। सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२ सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।
बिएल संवाददाता - अमेरिका
दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्।
बिएल संवाददाता - डाभाओ डे ओरो
नेपाली चिकित्सकहरूको युएसएमएलई परीक्षाफल रद्द प्रकरण युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमामा पुगेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध दायर गरिएको मुद्दामा परीक्षा रद्दको सूचना नै रद्द नभए पनि अदालतको अर्को आदेश नहुञ्जेलसम्म नेपाली चिकित्सकहरूलाई दिइएको समयसीमा भने स्थगित भएको छ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
भारतका गृहमन्त्री अमित शाहले छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा गरे। भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई 'बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी' सुरक्षित बनाउने उनको भनाइ थियो। भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना लामो सीमा छ।
बिएल संवाददाता - मणिपुर