सेतोपाटी
दार्चुलाको शैल्यशिखर नगरपालिका–७, दोबाटा निवासी ४६ वर्षीया हरिना खत्री घरायसी प्रयोगका लागि पानी बोक्न दैनिक ६ घण्टा हिँड्छिन्। घरबाट पानीको मुहान जान ओह्रालो हिँड्नुपर्छ, ४५ मिनेट लाग्छ।
फर्किंदा पानीको भारीसँग उकालो हिँड्न एक घण्टा १५ मिनेट लाग्छ। दिनमा तीनपटक पानी नल्याई हुँदैन।
दुई घण्टा समय मुहानबाट सबैभन्दा नजिक घर हुनेका लागि हो। सबैभन्दा टाढाकालाई कम्तीमा साढे दुई घण्टा लाग्छ।
हरिना १५ वर्षको उमेरमा बिहे भएर हालको मालिकार्जुन गाउँपालिकाबाट शैल्यशिखर नगरपालिकाको दोबाटा आइन्। त्यही बेलादेखि हो उनले दैनिक ६ घण्टा पानी बोक्नु परेको।
'यसरी नै जीवनको ३० वर्ष बितिसक्यो, पानीको दुःख छुटेको छैन,' उनले भनिन्।
दोबाटा गाउँ शैल्यशिखर नगरपालिका–७ को उच्च लेकमा छ। यहाँ पानीको समस्या नयाँ होइन, अनेक पुस्ताले भोगेको हो।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया