शिलापत्र
डुब्न लागेका घाम जस्तै भएका बा आमाहरु शून्य गाउँमा एक वर्ष एक्लै बसेको पीडालाई भुलेर चाडबाडको रौनकमा चिरबिर गर्दै आएका आफ्ना छोराछोरीलाइ स्वागत गर्दै भ्याइनभ्याई थियो । कतै ना–नातिनालाई सुम्सुमाइरहेका थिए त कतै जिस्किरहेका थिए । खेलिरहेका थिए । मुस्कानको सहारामा रमाइरहेका थिए । शहरबाट ल्याएका बास्नादार कोसेली, नाना कपडा, ठूलोठूलो लगेज आहा योभन्दा धेरै केही चाहिँदैन जस्तो प्रफुलित थिए । बिचरा बा आमाहरु वास्तवमा भन्ने हो भने चाडबाडले बा आमाहरु बंैश नै फर्किए जस्तो रमाएका देखिन्थे ।
यता म चाँहि जुनले दिएको उज्यालोको मझेरीमा ट्याप्प बसेर रात्रिकालीन कल्पनामा डुबिरहँदा बैजनी रंगका कलापूर्ण बादलका रेयरहरुसँगै मन्द मिठो हावाको आवाजमा म आफुलाई भुलाइरहेको छु । चुपचाप बगिरहेको खोला र खोलामा रमाइरहेका चिरबिरहरु आफ्नै सपनामा मस्त छन् । म सपनाको शहरका गल्लीगल्लीमा भौतारिँदै हिँड्ने काबुक केटोलाई मेरो जन्मिएको हुर्किएको प्यारो गाउँले गिज्जाइरहेको महसुस हुन्थ्यो ।
बिचरा यो गाउँले मलाई के चाँहि दिएन होला ? आज म जे छु सबै यही गाउँले दिएको हो । आज सपनाको शहर पनि मलाइ यही गाँउले नै पठाएको हो । आज शहरका जति पनि कहानी बताउँछु यही गाउँलाइ नै भन्छु । वास्तवमा मेरा कहानीको कथा सुन्ने कोही छ भने त्यो मेरो गाउँ नै हो । आज यही गाउँलाई लेख्दै छु ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया