शिलापत्र
डुब्न लागेका घाम जस्तै भएका बा आमाहरु शून्य गाउँमा एक वर्ष एक्लै बसेको पीडालाई भुलेर चाडबाडको रौनकमा चिरबिर गर्दै आएका आफ्ना छोराछोरीलाइ स्वागत गर्दै भ्याइनभ्याई थियो । कतै ना–नातिनालाई सुम्सुमाइरहेका थिए त कतै जिस्किरहेका थिए । खेलिरहेका थिए । मुस्कानको सहारामा रमाइरहेका थिए । शहरबाट ल्याएका बास्नादार कोसेली, नाना कपडा, ठूलोठूलो लगेज आहा योभन्दा धेरै केही चाहिँदैन जस्तो प्रफुलित थिए । बिचरा बा आमाहरु वास्तवमा भन्ने हो भने चाडबाडले बा आमाहरु बंैश नै फर्किए जस्तो रमाएका देखिन्थे ।
यता म चाँहि जुनले दिएको उज्यालोको मझेरीमा ट्याप्प बसेर रात्रिकालीन कल्पनामा डुबिरहँदा बैजनी रंगका कलापूर्ण बादलका रेयरहरुसँगै मन्द मिठो हावाको आवाजमा म आफुलाई भुलाइरहेको छु । चुपचाप बगिरहेको खोला र खोलामा रमाइरहेका चिरबिरहरु आफ्नै सपनामा मस्त छन् । म सपनाको शहरका गल्लीगल्लीमा भौतारिँदै हिँड्ने काबुक केटोलाई मेरो जन्मिएको हुर्किएको प्यारो गाउँले गिज्जाइरहेको महसुस हुन्थ्यो ।
बिचरा यो गाउँले मलाई के चाँहि दिएन होला ? आज म जे छु सबै यही गाउँले दिएको हो । आज सपनाको शहर पनि मलाइ यही गाँउले नै पठाएको हो । आज शहरका जति पनि कहानी बताउँछु यही गाउँलाइ नै भन्छु । वास्तवमा मेरा कहानीको कथा सुन्ने कोही छ भने त्यो मेरो गाउँ नै हो । आज यही गाउँलाई लेख्दै छु ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया