अनलाइनखबर
साथीलाई डीभी पर्यो। सबैले भने- कस्तो भाग्यमानी, अमेरिका जाने भो। खुसियालीमा भोज नै गर्यो उसले।
उसको बुबालाई पार्टीले चुनावको टिकट पनि यसैपालि दिएको। समाजमा दुई/चार दिन चिया गफ नै बन्यो। बाबुले चुनाव जित्नु अनि छोरालाई अमेरिका पठाउनु, हर्षको सीमा रहेन त्यो परिवारमा।
बाँझो खेतलाई उर्वरा बनाउन गाउँ फर्क अभियान चलाउँछु र युवा पलायन रोक्छु भन्ने प्रमुख नारा रहेको बाबुको घोषणापत्र आफ्नै परिवारको हकमा भने लागू भएन।
मास्टर्स सकेको काकाको छोरो ऋण काढेरै युरोप छिरेको दश वर्ष भइसक्यो। पीआर बनाउने चक्करमा अझै नेपाल फर्किएको छैन। ऋणको बोझ काँधमै राखेर भेन्टिलेटरबाट छोराको प्रतीक्षा गर्दागर्दै थाकेका काकाले जीवनबाट विश्राम लिए। पति वियोगमा रहेकी काकी भने छोरा फर्कने आशमा प्राण धानिरहेकी छिन्। कहिले पीआर बनेर छोरो फर्कने हो पत्तो छैन। काकाको उदाहरण दिंदै मेरा बाले ऋण खोजेर मलाई विदेश पठाउने हिम्मत गरेनन्। तर डीभी पर्ने मेरो आशा अझै मेटिएको छैन।
ठूलो दाजु लोकसेवा जागिरे। मैले परिवारका लागि दिएको लोकसेवाको जाँच पास गर्न सकिनँ। हुन त, दाजीले जागिर खाएर के नै प्रगति गरे र ? वर्षौं भयो, एउटा मोटरसाइकल समेत फेर्न सकेका छैनन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया