सञ्चारमन्त्री भन्छन्ः ‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरूले हराउन सक्दैन’
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमालेजस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी गरे। ‘विचार, दृष्टिकोण, नेतृत्व सबै सही हुँदाहुँदै पनि पार्टी किन सोचेजस्तो बलियो हुन सकेको छैन?’ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए।
बिएल संवाददाता - काठमाडौं