संघीयताबाट पछाडि फर्किए मुलुक ‘अन्धकार’तर्फ धकेलिन्छः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडि फर्कने विषयले मुलुकलाई अन्धकारतर्फ लैजाने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडि फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडि नलाग्न आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं