सोमबार, १३ अक्टोबर २०२५

बुधबार एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिदै छ। यसैगरी, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ दिन सहिद दिवस मनाउने बागमती सरकारको निर्णय

सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए। सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पशुपति धर्मशालामा मारवाडीको व्यापार हो की सेवा?

उनले भने, ‘पशुपतिको धर्मशालासम्बन्धि विषयमा पनि एकातिर अध्ययन समिति बनाएका छौँ, अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ। अदालतको मुद्दालाई कुनै असर नहुने गरी हामीले खाली विवरणातमक कुरा लिएर आउनुस्, यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको? यो  सेवा हो की? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ, सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो  विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै  असर हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली नाफाखोर र विचौलियाको इसारामा चल्छन्– भीम रावल

‘मातृभूमि जागरण अभियान’का प्रस्तावक, पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ‘कांग्रेस–एमाले’ सरकार जनताको हितमा नभई नाफाखोर र विचौलियाहरूको इसारामा चलिरहेको आरोप लगाएका छन्। सरकारले केही दिनअघि अध्यादेशमार्फत् व्यावसायिक वातावरण सुधार गर्न भन्दै ‘कालोबजारी ऐन–२०३२’ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएपछि नेता रावलले बुधबार एकाबिहानै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीविरूद्ध ‘फायर’ खोलेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र र साेविताबीच के भयाे कुराकानी?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन बोलाएलगतै उनीहरूबीच कुराकानी भएको हो। स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राप्रपा र रास्वपा एकैलयमा उभिने प्रयासमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी चुनाव देउवाले गराउँछन् : उपप्रधानमन्त्री सिंह

अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे। सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस- एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे। कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहने गरि मिलाएर अघि बढ्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

हर्क साम्पाङ भन्छन्- ‘मलाई केपी ओलीले फेस गर्न सकेनन्’

प्रधानमन्त्री ओलीले मेयर सम्पाङलाई भेट्न अस्वीकार गरेका थिए। धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्। खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको भन्दा भारतको कानून कडा छ : कानूनमन्त्री चौरसिया

‘कानूनले  के भन्छ भने सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ। भारतीय सीमानामै मेरो घर पर्छ। भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ। झ्यालढोका केही छाड्दैन्,’ उनले भने, ‘घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ। नेपालको कानूनमा यो छैन। त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ। भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएन नागरिकता कार्यान्वयन गर्न देउवाले पहल गर्ने

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरू थप निराश भएको अध्यक्ष डा केसीले बताए। उक्त अवसरमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईसमेत उपस्थित थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रेमिट्यान्स राज्यको आम्दानी हो’ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ- मन्त्री भण्डारी

उनले भने, ‘एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ। रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो। जुन वैदेशिक रोजगारीको  सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ। भ्रमबाट मुक्त हुनुपर्छ। रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले मानेनन् हर्कलाई भेट्न, सचिवालयले भन्यो- समय छैन

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’ सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमा वामदेव एक्लै, चार उपाध्यक्षसहित बहुमत सदस्य माओवादी प्रवेशको तयारीमा

चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दायाँ-बायाँ कांग्रेस नेता राखेर प्रचण्डले भने- सरकारको आयु लामो छैन

मंगलबार चितवनमा पुगेका प्रचण्डले कांग्रेसका नेताहरू पूर्वमहामन्त्री डा.शशांक कोइराला र सांसद डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर केपी ओली सरकारको आयु लामो नभएको दाबी गरेक हुन्। उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमालेसहितका नेताहरू माओवादी प्रवेश, प्रचण्डद्वारा स्वागत

यसरी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोतीलगायत छन्। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रहरीले खोस्यो हर्कको गाग्री, रित्तै छिरे सिंहदरबार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेको छ। रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रवेश गर्न खोजेपछि प्रहरी र हर्कका समर्थकबीच तनाव उत्पन्न भएको थियो। धरानमा खानेपानी समस्यामा सरकारले चासो नदिएको भन्दै उनले दवाब स्वरुप खाली गाग्री बोकेर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाम

अछाममा एमालेका १ हजार बढी नेताकार्यकर्ताले पार्टी परित्याग गर्दै भीम रावलको मातृभूमी जागरण अभियानमा प्रवेश गरेका छन्। जागरण अभियान स्रोतका अनुसार एमालेका १ हजार ८६ नेता कार्यकर्ता अभियानमा सहभागी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

भोलि एमाले प्रवेश गर्दै वामदेव गौतम, मागे ‘वरिष्ठ उपाध्यक्ष’

गौतमको सचिवालय स्रोतका अनुसार आज पार्टीले सकारात्मक निर्णय गर्‍यो भने भोलि नै पार्टी प्रवेशको तयारी छ। वामदेवले वरिष्ठ उपाध्यक्षको दाबी गरेका स्रोतले बतायो। यद्यपि उनलाई एमालेमा वरिष्ठ नेताको जिम्मेवारीमा भित्र्याउने सम्भावना धेरै छ। आजको एमाले सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय बैठक बस्दै, वामदेवबारे छलफल गरिँदै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो। बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दास्रो कार्यकालको राष्ट्रपतिको समप ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीलाई छुटाउन इजिप्टका विदेशमन्त्रीलाई बैंककबाट आरजुको फोन

इजरायल हमास युद्धविराम आइतबारदेखि लागु भएको छ। विभिन्न चरणमा युद्ध बन्दीहरूलाई रिहाइ गर्ने क्रम चलिरहेको छ। तर, हमासले पहिलो चरणमा रिहाइ गर्ने बन्दीहरूको सूचीमा विपिन नपरेपछि उनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्रमन्त्री राणाले आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं