सोमबार, १३ अक्टोबर २०२५

समितिमा सोविताले उठाइन् हिरासतमा मानव अधिकार हननको मुद्दा

‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो। तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ। साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ,’ उनले भनिन्, ‘पछिल्लो  समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एकीकृत समाजवादीले टुंग्यायो कार्यविभाजन (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको कार्यविभाजन टुंग्याएको छ। अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरूको कार्य विभाजन टुंग्याएका हुन्। उनले ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीको निष्कर्ष: गठबन्धन सरकारले जनअपेक्षा अनुरूप काम गर्न सकेन

नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको निष्कर्ष निकालेकाे छ।  अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीले बोलाए मन्त्रिपरिषद बैठक

बैठकमा सरकारका नियमित काम कारबाहीका अतिरिक्त सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने सचिवालयले जनायो। ओलीले आजै एमालेको संसदीय दलको बैठक पनि बोलाएका छन्। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ। सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन मन्त्रीद्वारा खाँदबारी-किमाथांका सडकखण्ड निरीक्षण

२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी-किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको निष्कर्ष- अध्यादेशमा सरकारको नियत खोटपूर्ण

केन्द्रीय सचिवालय सदस्य/पदाधिकारीहरूको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने र संवादमा सुदुरपश्चिम प्रदेशका दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेशका लिमा अधिकारी, लुम्बिनी प्रदेशका विपिन कुमार आचार्य, गण्डकी प्रदेशका शिशिर खनाल, बागमती प्रदेशका सन्तोष परियार र बसुमाया तामाङ, मधेश प्रदेशका विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशका सुमना श्रेष्ठ र रमेश प्रसाईं लगायतलाई समावेश गराउने निर्णय पनि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए। उनले संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा उथलपुथल हुन्छ: विप्लव

चन्दले राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्ने आवश्यकता महशुस गरी आफ्नो पार्टीबाट विभिन्न जिल्लामा उत्पादित उत्पादनलाई बिक्री गर्न व्यापार थालिएको बताए। उनले अहिलेको अवस्थामा देशमा केही गर्नुपर्छ भन्ने उदेश्यसहित ‘सी व्यापार केन्द्र’ को शुभारम्भ गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले पूरा साथ दिएको छ, भोलि हामी पनि दिन्छौंः प्रधानमन्त्री

उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए। यसको साथै, सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

माटोप्रतिको प्रेम कमजोर हुँदै गएकोमा चिन्ता छः प्रचण्ड

साथै  उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहेनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरूले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए। उनले भने, ‘हाम्रो देश साधन स्रोतविहिन देश होइन। प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहेनेत  र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोे दृष्टिकोणले अब्बल छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको गुनासोः मलाई हाच्छ्यु आउँदा पनि भेन्टिलेटरमा राखेको फोटो हाल्छन्

प्रधानमन्त्री ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन्। उनले भने, ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो। तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सम्पत्ति शुद्धीकरण विश्व स्तरको समस्या हो- अर्थमन्त्री पौडेल

कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति- भित्तामा पुगेर दिएको अभिव्यक्ति सुहाएन

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रचण्ड मूलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्दैनन् कि भन्ने आशंका पैदा भएको बताए। उनले भने, ‘उहाँ आफैंमा पनि मूलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहाना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ। विगतमा उहाँको व्यवहारले त देखाएको थियो। राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरू दिइरहनु भएको छ। एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकारिता लोकतन्त्रको थर्मोमिटर हो, अवरोध गर्नु हुँदैनः गृहमन्त्री

साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए। उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण  पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए। अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र प्रभु बैंकको कनेक्सन छानबिन गर्न महेश बस्नेतको माग

उनले युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने बैंकले लामिछानेलाई करोडौं रकम उपलब्ध गराइरहेको भन्दै प्रश्न उठाएका हुन्। ‘सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरूले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ?’ उनले प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरणमा मुद्दामा विभिन्न निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री

असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यावसाय गर्नुे सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवं पेशागत जीवन निर्धक्क भइ काम गर्न समेत आग्रह गरे। प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रमस्थलमा वाचन गरी प्रस्तुत गरिएको थियो। ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षमानलाई साथ लिएर ओलीको जन्मथलो लागे प्रचण्ड

सैनिक हेलिकोप्टरमा तेह्रथुम जान लागेका उनीहरू सोमबार (आज) र मंगलबार तेह्रथुमका तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ। आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गरेर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने र आठराई-३ ह्वाकु बगाले शहीद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको सचिवालय बैठक आज बस्दै

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची छ। रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने छ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं