
अखिल क्रान्तिकारीको अध्यक्षमा ‘प्रचण्ड-शक्ति’ समूहका सापकोटा विजयी
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको समर्थन पाएका उनी ७१ मतको अग्रतासहित विजयी भएका हुन्। सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ। तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदीन पौडेलले जम्मा १९२ मत प्राप्त गरे।

बिएल संवाददाता - काठमाडौं