७ बुँदे माग राख्दै यातायात व्यवसायीहरू आन्दोलित
सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। यातायातसम्बन्धि ७ बुँदे माग पुरा सार्वजनिक गर्दै समितिले सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो। समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई पांग्रे तथा चार पांग्रे सावरी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ। प्रदर्शनमा सहभागी यातायात व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभइ नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देउ भन्नको लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए।
बिएल संवाददाता - काठमाडौं