लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैनः कमल थापा
‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनै सक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’ उनले राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिने दाबी पनि गरेका छन्। उनले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’
बिएल संवाददाता - काठमाडौं