आइतबार, १२ अक्टोबर २०२५

रास्वपाबाट राजदूत बन्न १०० जनाको आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजदूत बन्नका लागि १०० जनाले आवेदन दिएका छन्। असार १० गते रास्वपाले राजदूतका लागि आवेदन माग गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

छानबिन समितिले माग्याे गोरखा मिडियामा रकम गएका सहकारीको कागजात

समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालको निष्कर्ष: रविको राप निभ्दैछ, रास्वपा सकिँदैछ

‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ! उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो, त्यो त ठिकै थियो। तर त्यो समीक्षा यात्रा नभइ, कुण्ठा यात्रा हो। उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ। तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ ती केन्द्रीय सदस्यले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कमजाेरी बाेकेर नेता बन्न चाहिनँ’ भन्दै रास्वपा प्युठान सभापतिले त्यागे पार्टी

उनले कमजाेरी बाकेर पार्टीकाे नेता बनिरहनु उचित नभएकाे भन्दै सामाजिक सञ्जालमार्फत मंगलबार पार्टी परित्यागकाे घाेषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

प्रदीप पाैडेलकाे प्रश्न- प्रधानमन्त्रीज्यू, राजदूत दलकाे हुन्छ कि देशकाे?

‘प्रधानमन्त्रीज्यू राजदूत दलकाे हुन्छ कि देशकाे? अहिले हेर्दाचाहिँ राजदूत दलकाे हुने जस्ताे देखिएकाे छ। याे अझ मेराे दलकाे काेटाअन्तर्गत राजदूत बन्न काेही चाहनुहुन्छ भने आइदिनुस् भनेर विज्ञाप भइरहेकाे स्थिति छ। त्यही विज्ञाप परराष्ट्र मन्त्रालयले गर्दा राम्राे हुँदैन र?’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपमहासचिवकाे नेतृत्वमा एमालेका ३० नेता चीन जाँदै

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ। टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, कस्तो छ कार्यसूची ?

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ। आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फणिन्द्र देवकोटामाथि माओवादीले गरेको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणिन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ आइपुगे चिनियाँ उपविदेशमन्त्री

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै

वादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दैछ। बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लीलादेवी निमित्त मुख्य सचिवको जिम्मेवारीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेकी सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उनीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘जसले जैविक विविधता बचाएको छ, उसलाई दिनदहाडै गोली हानेर हत्या गरियो’

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का  ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिमा बढेको आपराधीकरणले समस्या : डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै गएको धारणा व्यक्त गरेका छन्। नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद्‍मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन्। उनले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रामेछाप काँग्रेस झडप प्रकरण: ३ जना पक्राउ, कहाँ पुग्यो अनुसन्धान?

रामेछाप काँग्रेसभित्र एक महिनाअघि भएको झडप प्रकरणमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीर बहादुर तामाङ, जित बहादुरमगर र चन्द्र थापा मगर रहेका छन्। उनीहरू सबै काँग्रेसका नेताहरू हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सत्ता समीकरणमा कुनै असमझदारी छैनः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन्। शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हामीसँग जादुवाला नम्बर छ, पूरै कार्यकाल मै प्रधानमन्त्री हुन्छ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन्। शनिबार काठमाडौँमा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ कि भनेर चिन्ता नगर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ