प्रधानमन्त्रीलाई ‘हिटलर’ भन्ने पत्रकारको पास खोसियो
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोप थोपरेर पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो। श्रेष्ठ ‘युवा मन नेपाल’ नामक युट्यूव च्यानल र ओली ‘सुनौलो नेपाल’ च्यानलका हुन्। प्रधानमन्त्री ओलीको चासोपछि महासचिव स्तरीय निर्णयबाट यसो गरिएको बताइएको छ। गत फागुन ४ गते बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा प्रम ओलीलाई पत्रकारहरूले संसद भवनको ढोकैमा प्रश्न सोधेका थिए।
बिएल संवाददाता - काठमाडौं