आगलागीले क्षति भएको खानेपानी मन्त्रालयमा संसदीय समितिको अनुगमन
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीबाट केही सम्पत्तिको क्षति भएको बताए। उनले भने, ‘आगलागी भएको स्थानमा निरीक्षण गर्न आएका हौँ। पूर्वाधार विकास समितिका सम्पूर्ण आउनुभएको छ। घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ। डकुमेण्टहरूमा केहीपनि आगो लागेको छैन भनिएको छ।’
बिएल संवाददाता - काठमाडौं