बिहिबार, १५ अक्टोबर २०२६

बालविवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो- गृह मन्त्रालय

सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बालविवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारीसमेत थिएन। संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धक्का दिएर व्यवस्था परिवर्तन गर्ने समय आयोः कमल थापा

थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने चिन्ता व्यक्त गर्दै परिवर्तनका लागि जनता जाग्नु पर्ने बताए। उनले भने, ‘हिन्दुवादी, राजावादी, देशभक्त र प्रजातन्त्रवादी अब ध्रुविकृत हुनुपर्छ। समान विचार बोक्ने विभिन्न संघ, सस्था, अभियान,पार्टीसँग सरसल्लाह गर्दै निर्णायक आन्दोलनको तयारीमा लाग्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० नबज्दै चितवन अदालत पुगे रवि

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन्। पूर्वगृहमन्त्री लामिछाने १० नबज्दै अदालतमा हाजिर भएको एक अधिकारी जनाएका छन्। सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोर्खा मिडियाका सञ्चालक जिबी राई, छविलाल जोशी र कुमार रम्तेलसहित १२ जनालाई ठगीसहित ‘संगठित अपराध’को मुद्दा दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज चारवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ। छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागहरुको उपस्थिति रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् जसपा नेपालको बैठकका निर्णयहरू

जनता समाजवादी पार्टी (जसपा) नेपालको सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न गरेको छ।  बैठकमा हालै सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरूका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन सुझाव दिनका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्रकुमार साह रहेको कार्यदल गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविविरुद्ध ‘संगठित मुद्दा’ चलाउन नमान्दा सरकारी वकिलको रातारात सरुवा

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको भन्दै चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलको रातारात सरुवा गरेको छ। सहकारी संस्था सम्पत्तिान झण्डै ८ सय १४ वटा चेक काटेर ४८ करोड अपचलन गरेको आरोप लागेका लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएएको ठहर गर्दै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद बैठकका १८ निर्णयः भारतमा प्रसारण लाइनको सेयर खरिददेखि अधिकृतको बढुवासम्म

काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने। राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको दाबीः कांग्रेस-एमाले सरकारमा अबको तीन वर्ष एउटा पनि काण्ड आउँदैन

उनले वर्तमान सत्ता गठबन्धनले अबको तीन वर्षमा जुनसुकै पार्टीको भएपनि दोषीले सजाय दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने पनि दाबी गरे। ‘कानूनको शासनभन्दा ठूलो कोही छैन। कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ,’ उनले भने, ‘त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको। नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्योः सञ्चारमन्त्री गुरुङ

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए। उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ। त्यसको प्रतिवेदन आइसकेको छैन। समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको स्वीकारोक्ति- दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोही बिरामी नहोउन् भनेर सरकारले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको प्रशंसा गर्दै देउवा, भन्छन्- सँगै जेल बसेका हौं, सरकारको स्थायित्व स्पष्ट छ

उनले मुख्य प्रतिस्पर्धी दलसँगै मिलेर सरकार बनाउँनुपर्दा केही समस्या पनि आउनसक्ने हुँदा मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले मुलुकमा स्थिरता भयो भने मात्र विकास हुने दाबी गर्दै अहिले हुनुपर्ने जति विकास नभएको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पछि परेका जातजातिका क्षेत्रमा काम गर्न सभामुखको सुझाव

उनले जातजतिका विशेषताहरूलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि भएको बताए। साथै सबै क्षेत्रहरूमा सबै जातिहरूलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको बताए। उनले सबै जातजातिका संस्कृतिहरूले समाज समृद्ध बनाउनमा मद्दत पुर्‍याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए। ‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तातोपानी कुण्डमा प्रचण्डको मर्निङवाक, बेनिघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी

तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्रथामिकतामा राखेको उनले जिकिर गरे। यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ।  जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिनको १ बजे बस्दै छ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दैछ। बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दैछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीबीच मतभेद बिर्सेर एकता भयो भने कांग्रेसले बहुमत ल्याउँछ : सभापति देउवा

उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए। पार्टीलाई हाक्ने र बनाउने भोलिका नेताहरूको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

हेडक्वार्टर निकट नेतृको जनार्दनलक्षित टिप्पणी- मुसाले तार काटे झैं पार्टीको मेरुदण्ड काट्न खोजे

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा असम्बन्धित मान्छे प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो। छानबिनका क्रममा सीसीटीभी फुटेज अनुसन्धान गर्दा अर्थ मन्त्रालयले तार मुसाले काटेको जवाफ दिएको थियो। उनले सोही प्रसंगलाई उल्लेख गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नो-केबलकार’ बन्दले सांसद नै अलपत्र, ९३ मा ४२ मात्रै उपस्थित

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका ९३ जना सदस्यमा सोमबारको बैठकमा ४२ जना सदस्य उपस्थित भएका छन्। सोमबारको प्रदेश सभा बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस भएर सैद्धान्तिक छलफल सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जनताको माग र आवश्यकता सरकारको पहिलो प्राथमिकतामा : उपप्रधानमन्त्री सिंह

राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताए। सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ