बिहिबार, १५ अक्टोबर २०२६

प्रभु साहको पार्टीका सचिवलाई भित्र्याउँदै प्रचण्ड भन्छन्- माओवादी प्रवेशको लहर चल्यो

उनले पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए। विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिंदै उनले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब प्रधानमन्त्रीलाई ९ कक्षाका छात्रले सोधे ‘ए प्लस बी’को होल स्क्वायर’को सूत्र…

यस्तैमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीले गणितको सुत्र सोधेपछि माहोल नै परिवर्तन भयो। ती विद्यार्थीले ‘ए प्लस बी’को होल स्क्वायरको सुत्र सोधेपछि प्रधानमन्त्री नै छक्क परे। तर, उनले विद्यार्थीको प्रश्नको उत्तर सहजै दिए पनि। विद्यार्थीले प्रधानमन्त्रीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ- मलाई गणित विषयको फर्मुलाले कहिलेकाहीँ त टेन्सन नै दिन्छ। तपाईँलाई थाहा छ ‘ए प्लस बी’को होल स्क्वायरको फर्मुला के होला?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार विवाद समाधानका लागि वार्ता टोली गठन, आन्दोलन रोकेर वार्तामा आउन आग्रह

सरकारले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने भन्दै सहसचिव भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गलत संगतले जीवन नै बर्बाद हुन्छः प्रधानमन्त्री ओली

उनले मौरी र झिंगाको उदाहरण दिँदै मौरीको संगल गरे फूलमा पुगिने तर झिंगाको संगतले फोहोरमा पुर्‍याउँने र अनेक प्रकारका रोग निम्त्याउँने बताए। उनले अरुको लहैलहैमा लागेर निर्णय लिनुभन्दा आफैंले बुझेर निर्णय लिँदा सफल भइने बताए। उनले भने, ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ। झिंगाको साथ लाग्नुभयो भने फोहोरमा पुग्नुहुन्छ। मौरीले मह जस्तो औषधी दिन्छ। तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ। त्यसैले सचेत रहेर काम गर्नोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले राम्रो काम गरेको भन्नेमा कांग्रेस-एमाले सहमत छन्ः विष्णु पौडेल

उनले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिए पनि मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको  दाबी गरे। उनले भने, ‘आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौं, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौं र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छौं भन्ने विश्वास छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो’

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।   सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केबलकार चाहिँदैन, नेताको शेयर सुरक्षित गर्न गोली हानियोः लिङदेन

उनले केबलकारको निर्माण कार्य दमन तत्काल रोकेर त्यहाँको जनजीवनलाई सहज बनाउनसरकारको ध्यानाकर्षण गराए। सरकार यसप्रकारको व्यवसायिक विषय र व्यक्तिको लाभसँग सम्बन्धित विषयहरूमा मात्र केन्द्रीत हुँदै गए राप्रपाले त्यसको प्रतिकार गर्ने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवाद ल्याउँन आफूलाई दाउमा राख्न चाहन्छुः बामदेव गौतम

पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए। त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबीसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिस्टममा तालमेल नहुँदा सोचेजस्तो काम भएन : सहकारीमन्त्री अधिकारी

उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए। उनले नापी कार्यालयका कर्मचारीहरूलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे। उनले भने, ‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ। कर्मचारीहरूलाई मेरो के आग्रह छ भने नियम र विधि बाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला। जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दललाई नसोधी एमाले सचेतक कसरी पुगिन् अफ्रिका?

सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलेश्वर कारागारका एक कैदीको मृत्यु

उनको २ बजे अस्पतालमा मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिन ठाकुरले जानकारी दिए। उनले महराको परिवारजन अस्पताल आइसकेको र मुचुल्का गरी पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने सूचना अधिकारी ठाकुरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। केही दिनअघि उनले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

परिवर्तनको गतिसँग बढ्न नसके नेपाल पछि पर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए। त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी बन्दको प्रभाव- केही जिल्लामा राजमार्ग अवरुद्ध

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पार्टी रूपान्तरण गर्नुपर्छ भन्दा नयाँ पार्टीका महामन्त्रीलाई चार पाटा मोडेर चार भन्ज्याङ कटाइयो’

शर्माले जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको भन्दै कांग्रेस अरू दलजस्तो प्रश्नै गर्न नपाइने पार्टी नभएको दाबी गरे। उनले भने, ‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन। तर, ती विवादको समाधान पनि हुँदै गर्छ। यही लोकतान्त्रिक पद्धति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुविधामा नपर्नुस् ०८४ को निर्वाचनअघि नै पार्टी महाधिवेशन हुन्छ : गगन थापा

शनिबार कांग्रेसको काठमाडौं महानगरपालिका-७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने स्पष्ट पारे। उनले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा निर्वाचनमा जाने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको काम देखाएर ०८४ को निर्वाचनमा जान्छौंः गगन थापा

उनले कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्नर् मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू र मन्त्रीहरूले पनि मौका पाएको बेला काम गरेर देखाउनु पर्ने बताए। उनले कांग्रेसका जनप्रतिनिधिहरूलाई ०८४ नपर्खिन र अहिले नै देखिने गरी काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीका एक साता: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

हप्ताको पहिलो दिन आइतबार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे। ‘साना र ठुला राष्ट्रको हित समान हित हो’ भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिवद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानी कर खारेज गर्ने मन्त्री यादवको घोषणा

खानेपानी व्यवस्थापनका केही महत्वपूर्ण पक्षहरूमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सिर्जना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीमैत्री ऐन बनाउन अध्यादेश ल्याइयोः देउवा

संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, निजी र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए। कांग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा विस्तार गर्न लागेको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं