बिहिबार, १५ अक्टोबर २०२६

गृमन्त्रीले भने- जातीय विभेद र छुवाछुतविरुद्ध सँधै उभिनेछु

तथ्यहरूलाई तोडमोड गरेर समाजलाई अनावश्यक रुपमा विभाजनमा धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे। सत्येन्द्रकुमार र नेहाको अन्तरजातीय विवाह छुटाउँन गृमन्त्री र प्रहरीकै मिलेमतो रहेको दाबी गर्दै समाचारहरू प्रकाशित भएका थिए। सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार ढाल्छु भनेको होइन, सँगै कुर्सी राखेर देखाइराख्नु पर्दैन’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शेरबहादुर देउवालाई समय अगावै कुर्सी हस्तान्तरण गर्छु भनेको भन्यै गरेको भन्दै यसले सत्तारुढ दलबीच विश्वास नरहेको पुष्टि गर्ने दाबी गरे। उनले देउवाको कान र आँखा तगडा रहेको भन्दै सँधै एकै कुरा दोहोर्‍याउँन आवश्यक नरहेको व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाम पुगेर बादलले भने- जनयुद्ध ‘हिंसा’ नै हो, ओलीको भनाइमा सहमत छु

बादलले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गर्दै माओवादीहरूको स्टन्टबाजी मात्र भएको टिप्पणी गरे। उनले जनयुद्ध दिवस मनाउँने माओवादीको गलत डिसिजन भएको दाबी गरे। ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन, माओवादीहरूको एक ढंगको स्टनबाजी हो। गणतन्त्र दिवस मनाउने हो, क्रान्ति पूरा गरेकाले गणतन्त्र दिवस मनाइएको हो, त्यो मनाइरहिएको छ। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई प्रचण्डको प्रश्न- सत्ताका लागि मात्रै सहकार्य हो की राजनीतिक दृष्टिकोणमैं एमाले भइसकेको?

कांग्रेसमा पहिले सुनिने गठबन्धन विरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

दुई वटा विधेयकहरू पेस भएर बिहीबारको बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् भने शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले गरे प्रचण्डको सम्बोधन बहिष्कार, प्रचण्डको चित्त दुखाइ

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा दुःखेसो गरे। उनले भने, ‘संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्दा प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ। प्रधानमन्त्री आउँनुहुन्छ भन्ने मलाइ लागेको थियो। तर, आउनु भएन’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब संसदमै सुमनाले भनिन्- बोल्न दे सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धि  विधेयकमा युवाहरूको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन्। उनले सबै सांसदहरूले युवाहरूको आवाज बोक्नुपर्ने बताइन्। उनले युवाको आवाज ‘बोल्न दे सरकार’ भन्ने रहेकाले पनि जनताको आवाजलाई  दबाउँन नहुने  बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपाल सत्ता पक्षकै बेन्चमा छ, उपेन्द्रजी अध्यादेशमा सकारात्मक हुनुहुन्छः कांग्रेस

प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरू परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन्। उनले भने, ‘आज अध्यादेश पेस हुन्छ। ५१ वटा अस्वीकारका सूचनाहरू परेको छन्। यो सबैमाथि छलफल हुन्छ। छलफल भएर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गरिने छ। त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ। पारित हुनेमा ढुक्क छौ। जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ। उहाँहरूको समर्थनसहितले यो अध्यादेश  पनि हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवसँग ओली र देउवाको छुट्टाछुट्टै भेटवार्ता, मागे उपप्रधानसहित परराष्ट्र मन्त्रालय

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत भएपनि राष्ट्रिय सभामा बहुमत छैन। दुवै सदनमध्ये एकले मात्र अध्यादेश अस्वीकार गरेमा खारेज हुने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य निर्णायक हुनेछन्। बुढानिलकण्ठ स्रोतले भने अध्यादेशकै विषयमा छलफल भएको स्पष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इटहरी उपमहानगरका मेयर र उपमेयर आमन-सामने

कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए। त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन्। कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो। तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन्। अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संजिव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ। शाखा प्रमुख खड्का भने सातौं तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोष्टिङ भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

‘अध्यादेश’बारे औपचारिक निर्णय गर्दै उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ।  पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज संसदमा सबै ‘अध्यादेश’ निर्णयार्थ पेस गरिँदै

आज (बिहीबार) प्रतिनिधिसभाकाे बैठक दिनको १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० पेश गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्ययोजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी कहिल्यै सुध्रिन सक्दैनौँ– सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी किन पूर्ण रुपले टुङ्गाउन नसकेको भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्।   बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रास्वपाले संसदको मर्यादा भंग गर्‍यो, सभामुखको रुलिङ मानेन’

उनले  भने, ‘अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरुमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदन अवरुद्ध गर्ने रास्वपाकाे चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने र सुरुमै बाेल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो। सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फागुन ५ गते दाङ आउँदै ओलीः ५० हजार कार्यकर्ता उतार्ने तयारी

नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक घोराहीमा सम्पन्न भएको छ। बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने संकल्प गरेको छ। बैठकले घोराहीमा हुने विशाल जनसभा व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

सरकारविरुद्ध सडक तताउँदै प्रभु साह

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले चैत २४ गते काठमाडौँ उपत्यकामा विशेष प्रदर्शन गर्ने जनाएको छ। आज बसेको सो पार्टीको उपत्यका विशेष कमिटीको बैठकले ‘दलाल दलतन्त्र र भ्रष्टाचारविरुद्ध’ प्रदर्शनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ताले दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मन्त्री’को लोभमा अध्यादेशको समर्थन गर्दै उपेन्द्र यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकाल्दै समर्थन गर्ने संकेत गरेको छ। जसपा नेपालद्वारा ‘अध्यादेश’ अध्ययन गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य सही नै रहेको सकारात्मक निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा नबसे सरकारले नियन्त्रण गर्छः योगेश भट्टराई

सामाजिक सञ्जालबाट समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले बताए। सामाजिक सञ्जाल व्यवस्थापन गर्ने विधेयक आवश्यकता भएर नै सरकारले ल्याएको उनको दाबी थियो। ‘त्यो आवश्यकता थियो, ल्याउनु पर्ने थियो, ल्याइयो, अब सबै मिलेर यसलाई समृद्ध बनाउने काममा लागौँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं