बिहिबार, १५ अक्टोबर २०२६

बिआरआई परियोजनाको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन भयाे: देव गरुङ

बिहीबार काठमाडौंमा आयोजित ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले ‘दुई पक्षीय वार्ता भएर बिआरआईको प्रक्रिया अगाडि बढाउनुपर्छ’ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशको अवस्था राम्रो छैन: प्रधानमन्त्री ओली

उनले भने, ‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। भविष्य उज्वल छ। तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई मत पुर्याउन ओलीलाई कम्तिमा १८४ मत आवश्यक पर्दछ। ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। अहिले कांग्रेस र एमालेबाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ। यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संविधान संशोधन हुन्छ, देउवा प्रधानमन्त्री बन्दैनन्’

राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनवटा संसदीय समितिको बैठक बस्दै

महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि मोर्चाको बैठक सुरु भएको हो। समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बसेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले साउन ६ मा संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६मा प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। ओलीले चौंथोपटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुगुले पायो पहिलो पटक मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली सरकारमा एकै जिल्लाबाट तीन मन्त्री

पर्सा-१ बाट निर्वाचित जनता समाजवादीका सांसद प्रदीप यादव खानेपानी तथा सरसफाइ मन्त्री, पर्सा-२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र पर्सा-३ बाट निर्वाचित एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीकाे कठाेरताका कारण दलितविहीन बन्याे सरकार

एमाले-नेपाली काँग्रेसलगायत पार्टीहरुकाे समीकरणमा बनेकाे याे सरकारमा सुरुवाती चरणमा कम्तिमा दुई जना मन्त्री दलित समुदायकाे हुने भनिएतापनि अन्तिम समयमा काेही पनि समेटिएनन्। काँग्रेस र एमाले दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुङ्याउनका लागि मापदण्ड बनाएका थिए। जसमा समावेशीताकाे विधि अपनाइने उल्लेख थियाे। तर, कार्यान्वयनमा त्याे हुन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माधव नेपालले बहिस्कार गरे प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलविद्युत् लगानीकर्तालाई नै ‘ओली–देउवा’ले सुम्पिए ऊर्जा मन्त्रालय

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका दिपक खड्कालाई ऊर्जा,जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका खड्कालाई नेपाली कांग्रेसकाे सिफारिस मन्त्री बनाइएकाे हाे। त्यस्तै, डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीलाई भारतको पहिलो बधाई

मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन्। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूचीबाट ओलीले काटे छविलाल विश्वकर्माकाे नाम, ‘दलित’विहीन सरकार बन्ने निश्चित

ओलीले दलित समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका थिए। तर, उनी छविलालले चाहेकाे मन्त्री दिन मानेनन्। सचिवालय बैठकले बनाएकाे मापदण्डअनुसार पार्टीले विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिन सिफारिस गरेकाे थियाे। यद्यपि, ओली उनलाई उक्त मन्त्रालय दिन तयार भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैछ। उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ। त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ। त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। यस्तै ऐनबहादुर शाही वनमन्त्री निश्चित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री

एमालेले अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ। एमाले स्रोतकाअनुसार आइतबार साँझ शीर्ष नेताहरूले अन्तिम टुंगाे लगाएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो। उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा लमजुङका पृथ्वीसुब्बा गुरुङको नाम टुंगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पतिपत्नी आलोपालो मन्त्रीः बाहिरिए रघुवीर, भित्रिँदैछिन् जुली

नवनियुक्त प्रधानमन्त्री ओलीले खल्तीमा राखेको ‘मन्त्रीको सूची’मा धनुषा–३ बाट निर्वाचित जुलीकुमारी महतोको पनि नाम छ। यसअघि ‘प्रचण्ड नेतृत्वको सरकार’मा जुलीका पति रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। रघु सिंहदरबारबाट बाहिरिएसँगै फेरि जुलीले प्रवेश पाएकी छिन्। पतिपत्नी आलोपालो मन्त्री बन्ने नेताहरूको सूचीमा ‘रघु–जुली’ अग्रपंक्तिमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षामन्त्री बन्दै कृष्णगोपाल श्रेष्ठ!

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने सोच बनाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नयाँ सत्ता सहकार्य’ गरेका ओलीले एमालेको तर्फबाट आठ वटा मन्त्रालय पाएका छन्।  अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ