काँग्रेस संसदीय दलकाे बैठक बस्दै
नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ९ बजे बस्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ९ बजे बस्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने बताएको छ। संसद बैठकपछि रास्वपाका सांसद मनिस झाले पत्रकारसँग कुराकानी गर्दै काँग्रेसले देखाएको व्यवहारकै कारण अब संसदीय समिति नबन्ने बताए।
बिएल संवाददाता - काठमाडौँ
काँग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद चलाएका छन्।
बिएल संवाददाता - काठमाडौँ
सहकारी हिनामिना प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको नामको समूहले सार्वभौम सिद्धान्त माओवादलाई विवादमा तानेको, महान जनयुद्धलाई भ्रष्टिकरण गरेको, महान जनयुद्धको प्रतिकार समितिमा रहेका जनयुद्ध विरोधी तत्वहरुलाई घुसपैठ गराएकोले पार्टी छाडेकाे उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ। यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ’,पार्टीकाे प्रस्तावमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
‘कसैले पानी, मकै, चियाे बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदाखेरि जनता सडकमा आए, हामीहरूले संसदमा ती कुरालाई स्पष्ट राखिदिएका हाैँ’, उनले भने, ‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा पनि हामी डराउँदैनौँ।’
बिएल संवाददाता - काठमाडौं
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बाेल्न दिने निर्णय गरेकाे हाे। कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।
बिएल संवाददाता - काठमाडौं
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।
बिएल संवाददाता - काठमाडौं
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेशसभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।
बिएल संवाददाता - धनगढी
पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए। ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन’,अध्यक्ष ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिए।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।
बिएल संवाददाता - काठमाडौं
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।
बिएल संवाददाता - काठमाडौं
संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्तावसमेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो।
बिएल संवाददाता - काठमाडाैं
लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर राई नेतृत्वकाे नयाँ दल जनता समाजवादी पार्टी (जसपा)को पक्षमा सनाखत गरेकी हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ।
बिएल संवाददाता - विराटनगर
संयाेजक नवराज भट्टले युवा विद्यार्थीको सुन्दर जीवन र भविष्यको ग्यारेन्टी वैज्ञानिक समाजवाद मात्र सम्भव भएकाे दाबी गर्दै उनले त्यसका खातिर वैज्ञानिक समाजवादी जनक्रान्तिको समर्थन, सहयोग र सहभागिता जरुरी रहेकाे बताए।
बिएल संवाददाता - काठमाडौं
निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको नेपाली काँग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ। मंगलबार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
बिएल संवाददाता - काठमाडौं