
ओली सरकारको कामप्रति कांग्रेस असन्तुष्ट, के भन्छन् रामहरि?
खतिवडाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका हुन्। उनले सरकारको गियर बदल्नुपर्ने बेला आएको बताए। उनले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिनको पनि माग गरेका छन्। उनले भने, ‘अहिले जनआक्रोश बढेको देखिन्छ। तीनकुनेमा पनि देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन। गियर परिवर्तन गर्नुपर्छ।’

बिएल संवाददाता - काठमाडौं