
जब देशमा संकट पर्छ, कांग्रेस-एमाले मिल्छन्ः शंकर पोखरेल
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्छन्’, पोखरेलले भने । पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशानामा राजा नभएर कांग्रेस र एमाले भएको दाबी गरे। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ। नेपालको राजनीतिमा नेपाली कांग्रेसले संसद् विघटन गर्दा सदर हुने तर एमालेले गर्दा अमान्य हुने गरेको पोखरेलले गुनासो थियो। नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ।

बिएल संवाददाता - विराटनगर