एनपिएल: लिग चरणका खेल सकिएसँगै आज ब्रेक
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ। अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।
बिएल संवाददाता - काठमाडाैँ