आइतबार, २६ अप्रिल २०२६

सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए। उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौँ। हामीले तयारी राम्रो नै गरिरहेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ: सचिव घिसिङ

उनले भने, ‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ। समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ। समाजमा बढी प्रश्न गर्ने गरिन्छ। तर जवाफ दिने कोही हुँदैन। तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन। जवाफ पनि दिनु पर्दछ। आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेवातालमा ड्रागन डुङ्गा दौड प्रतियोगिता सुरु

नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

एनपिएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई जनकपुरधाममा स्वागत (तस्बिरहरू)

मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्ट्सका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

खेलकुदका लागि नेपाल आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ: प्रचण्ड

‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरूबीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ। अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेश फर्कियो यू–१९ महिला क्रिकेट टोली

एसिसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ। शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल विजेता जनकपुरलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने- तपाईंहरु हिरो हो

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु हिरो हो। नायक र महानायक हो। म तपाईंहरुको प्रशंसा गर्दछु। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरले एनपिएल जितेकोमा सार्वजनिक बिदा

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्। नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन्। यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन्। लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए। दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो। लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलको फाइनल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्।  सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

नेपाल प्रिमियर लिग (एनपिएल)काे फाइनलमा जनकपुर बोल्ट्स पुगेकाे छ। जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ। फाइनल खेल शनिबार खेलिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनकपुरलाई कर्णालीले दियाे ११९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को बिहीबार भएकाे क्यालिफायर टुमा कर्णाली याक्सले जनकपुर बाेल्ट्सलाई ११९ रनकाे लक्ष्य दिएकाे छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्। सुपर–४ को अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं