एनपिएल हेर्न नेपाल आइपुगे क्रिकेटर ब्रायन लारा
वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन्। शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्। उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ