टिकटै नकाटी आसेपासे लिएर रंगशाला पुग्ने मेयर, सांसद र मन्त्रीदेखि एन्फा आजित, निमन्त्रणाबिना खेल हेर्न नआउन आग्रह
बुधबारको फाइनल खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फा कम्पिटिशन डाइरेक्टर सञ्जीव मिश्रले मेयरदेखि सांसद, मन्त्रीहरू बिना निमन्त्रणा नै मैदान आउने गरेकोले भिड व्यवस्थापनमा समस्या हुने गरेको बताए। फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिष्पर्धा हुँदैछ।
बिएल संवाददाता - काठमाडौं