पोखराविरुद्ध काठमाडौँले पहिले बलिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन्। यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ। पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ।
बिएल संवाददाता - काठमाडाैँ