प्रधानमन्त्रीसँग ‘केपी ओली कप’ च्याम्पियनसिपका खेलाडीको भेट
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ। प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। भेटका अवसरमा सोकपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख रुपैयाँ हस्तान्तरण पनि गरिएको थियो गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं