मङ्गलबार, ०९ डिसेम्बर २०२५

तस्बिरमा हेर्नुहोस् फर्पिङको झन्डा आकृती र त्रिशूल

दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछी आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

पर्यटकहरूको रोजाइमा फर्पिङको झण्डा र त्रिशूल (फोटो फिचर)

दक्षिणकाली नगरपालिका-४ फर्पिङ बाँसबारीमा नेपालको झण्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। बाँसबारीको डाडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो। पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरूको आकर्षण बढ्दो छ। झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ। जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरको ऐतिहासिक बालकुमारी मन्दिर (तस्बिरहरू)

ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ। प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा एक तले थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साँगास्थित विश्वकै अग्लो शिव मूर्ति (फोटो फिचर)

भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मूर्तिलाई विश्वकै अग्लो शिव मूर्ति मानिन्छ। यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ। यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ। यो मन्दिरदेखि काठमाडौं उपत्यका र अग्ला हिमश्रृखलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान (तस्बिरहरू)

ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय: बाह्रै महिना हरियो हुन्छ। दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्वत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो। ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन्। पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पंक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आहा ! डांगरजोङ (फोटो फिचर)

मुस्ताङमा पर्ने डांगरजोङ नेपालको लोकप्रिय पदमार्ग अन्नपूर्ण सर्किट ट्रेक क्षेत्रभित्र पर्छ।  अन्नपूर्ण सर्किट ट्रेक यात्राका क्रममा गाउँ, खेत, नदी र पहाडहरूसहित डांगरजोङ भिलेज पनि देख्न पाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनामगनर क्षेत्रमा ढकमक्क ज्याकाराण्डा (फोटो फिचर)

वसन्त ऋतुको आगमनसँगै राजधानी काठमाडौं ज्याकाराण्डा फूलले ढकमक्क भएको छ। सिंहदरबार वरिपरी, सडक किनाराका रुखहरू अहिले निलो-बैजनी फूलले सजिएका छन्। यिनै रुखहरू हुन्- ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाशमुनी नीलै फूलले छायाँ दिइरहेका छन्। सडकका दुवै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी पर्यटन वर्षः घुम्न लायक १० गन्तब्य

कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ। कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

तेह्रथुमको बसन्तपुर बजार (तस्बिरहरू)

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो। यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

पाँचपोखरी तीनजुरे: यात्राको उत्कृष्ट गन्तव्य (फोटो फिचर)

तेह्रथुमको लालीगुराँस नगरपालिका-७ स्थित पाँचपोखरी तीनजुरे, पर्यटकीय दृष्टिकोणबाट एक उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ। यहाँको शान्तिपूर्ण वातावरण र प्राकृतिक सौन्दर्यले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पाँचपोखरी तीनजुरेमा अवस्थित तीन पोखरीहरूको रमणीय दृश्य र आसपासको हरियालीले यात्रुलाई अनौठो अनुभव दिन्छ। यो स्थलको अद्भुत प्राकृतिक वातावरण र सांस्कृतिक महत्त्वले यसलाई तेह्रथुमको एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणको प्रयासले यस क्षेत्रलाई थप समृद्ध बनाएको छ। पाँचपोखरी तीनजुरे, अब यात्राको उत्कृष्ट गन्तव्यको रूपमा विकसित भइरहेको छ, जसले पर्यटकीय क्षेत्रलाई नयाँ ऊचाइमा पुर्‍याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

हिउँ नहेरी फर्कन्छ्न् शैलुङ जाने पर्यटक (तस्बिरहरू)

३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

...त्यसपछि ४१०० मिटरमा नेपथ्यको गित गायौ

घना जङ्गलको बाटो भए पनि कुनै रौनक छैन। बिहानीको संकेत गर्दै चिरबिर गर्ने चरिहरु छैन सुनसान छ, हेर्दा टोपि खस्ने ठुल्ठुला रुखहरुछन् कुनै रौनकता छैन, सायद अत्याधिक जाडोछल्न चराहरु पनि बसाई सरेका होलान्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

यामखार भिरैभिर घस्दुङसम्म…

साथीहरू बिस्तारै आउदै गर्छन् भनेर म एक्लै हिड्ने निर्णय गर्दै उकालो हिडाई सुरु गरें। बल्लतल्ल पेल्मा गाउँमा पुगेर होटल सोधपुछ गरें अलिक माथितिर रहेछ। तर दोकान चाहीँ नजिकमा धेरै रहेछ। थुप्रै नयाँ घरहरू बन्दै रहेछन्। घरहरू बाक्लो छ। बारीमा मकै राम्रो फल्दो रहेछ। बारीमा मकैको जरा हेर्दा सप्रेको देखिन्छ, बिच गाउँमा एक होटल भेटियो । मैले कति पनि ढिला नगरी ‘खाना पकाई दिनुहुन्छ?’ भनेर सोधें। दिदीले ‘हुन्छ’ भन्नुभयो। हामीले अहिलेसम्म खाना खाएको छैनौं भनें। दिदीले मेरो अनुहार हेरेर बुझिसक्नु भएछ। हतारमा खाना पकाउन लाग्नुभयो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व

टुकुचा फाँटैमा टनेल म

टनेलको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न गरिन्छ। यस्तै टनेल खेती देशका धेरै ठाउँमा अपनाइएको छ। आज हामीले बनेपा नगरपालिका–२ टुकुचा फाँटमा व्यवसायीक रुपमा गरिएको टनेल खेतीको तस्बिहरू कैद गरेका छौँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माघे संक्रान्तिमा झुमेकाे टुँडीखेल (तस्बिहरू)

आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

असन बजारमा माघी रौनक (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा यस पर्व धुमधामका साथ मनाइने गरिन्छ। जसका कारणले काठमाडौँको पुरानाे बजारमध्ये असज बजारमा अहिले माघी रौनक छ। माघीको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ। माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ