जसको एउटा अभियानले अमेरिकाको स्कूलको नीति परिवर्तन भयो (भिडियो)

नारी शक्ति

हामी सबैको जीवनमा सानो ठूलो धेरै घटना घटेका हुन्छन्, जसलाई हामी बाचुञ्जेल पनि बिर्सिन सक्दैनौ। ती घटनाले हाम्रो जीवनमा एक किसिमको छाप छोडेको हुन्छ चाहें त्यो राम्रो होस् या नराम्रो ।

यस्तै एउटा घटनाले अमेरिकामा बसोबास गर्ने पार्कल्याण्ड, फ्लोरिडा निवासी एक युवतीको जीवनको उद्धेश्य नै परिवर्तन भयो।  

एमा गोञ्जालेस, २०।  पार्कल्याण्डको हाईस्कूलकीमा अध्ययनरत रहँदा सन् २०१८ को ‘भ्यालेन्टाइन डे’ मा एक शूटरले उनकै स्कूलमा पढ्ने १७ जना विधार्थीको हत्या गरेको थियो। यो अमेरिको स्कूलले जीवनमा सबैभन्दा दुखद घटना थियो । एमालाई पनि गोलीको छर्रा लागेको थियो। तर उनी यो घटनाबाट बाच्न सफल भइन्।

यो घटनामा जीवित रहेका किशोरकिशोरीले स्कूलमा हुने बन्दुक हिंसाको अन्त्यको लागि राष्ट्रिय अभियान नै सुरु गरे। त्यतिबेला एमाको उमेर १८ वर्ष थियो। उनी पनि यो अभियानमा होम्मिइन्।

उनी यो अभियानमा यति सक्रिय थिइन कि केही महिनाभित्रै उनले घटनामा बाँचेका अन्य साथीसँग मिलेर राजनीतिक एक्शन कमिटी र बन्दुक नियन्त्रण वकालत समूह 'नेभर अगेन एमएसडी' नामक संस्था स्थापना गरिन्।

जसले २०१८ को मार्चमा राजधानी वासिङ्टन डीसीमा 'मार्च फर आवर लाइभ्स' को नारासहित विरोध सभाको आयोजना गर्यो। यहाँ उनको शक्तिशाली भाषण सुनेर ठूलाबडा पनि दंग परें।

भाषणमा उनले घटनामा ज्यान गुमाएका आफ्ना सबै साथीको एक–एक गर्दै नाम लिइन् र आफ्ना साथीहरुलाई चिरनिन्द्रामा पुर्याउन जुन अपराधीले समय लगाएको थियो, त्यति नै मिनेट अर्थात चार मिनेट मौन धारणमा बसिन्।

उनको त्यो संवेदनाले अमेरिकी जनताकै मन छोयोँ। अमेरिकी मिडियाले ठूलो तथा लामो शब्दमा उनको अभियानको मुक्तकण्ठले तारिफ गरें। यसपछि उनी एकाएक चर्चाको शिखरमा पुगिन्।

उनले भाषणमा साथीहरूसँग मिलेर कानून बनाउने अधिकारकर्मीलाई दबाब दिने वाचा गरेकी थिइन। उनले यही सभामा वाचा गरेकी थिइन–‘हामी अन्तिम समयसम्म गोलबन्द हुनेछौं। बन्दुक-कानूनको विरोधमा सबैलाई एकजुट भएर वकालत गर्न आह्वान गर्दछौं र युवाहरुलाई स्कूलमा हुने गोलीबारीबिरूद्ध आवाज उठाउन सशक्त बनाउँछौं।’

नभन्दै एमाले आफ्नो अभियानलाई जारी राखिन्। उनले यो मुद्धालाई विगत झैं सेलाउन दिइनन्। यसैको असर, फ्लोरिडाका सांसदहरूको एउटा समूहले २०१८ को मार्च महिनामै मार्जोरी स्टोनम्यान डग्लस हाई स्कूलमा सार्वजनिक सुरक्षा ऐन पारित गर्यो। जसमा उल्लेख थियो, बन्दुक किन्न पहिले ऐनमा उल्लेख १८ देखि २१ वर्षको उमेरलाई बढाइएको छ र हतियार किन्न तीन दिन पर्खनु पर्नेछ। यस्तै स्कूलको सुरक्षाका लागि स्कूल प्रहरी भर्ति गर्ने र केही शिक्षकलाई सशस्त्र बनाउने। बम्प स्टकमा प्रतिबन्ध लगाउने, हिंसात्मक गतिविधिमा संलग्न विधार्थी वा मानसिक रूपले अस्वस्थ्य व्यक्तिलाई पनि बन्दुक राख्न प्रतिबन्ध लगाउने जस्ता कुरा ऐनमा समावेश गरियो।

समग्रमा यो कानून कार्यान्वयनको लागि करिव चार सय मिलियन डलर विनियोजन गर्ने निर्णय भएको थियो ।

एमा स्कूलमा भएको गोली काण्डको स्मरणका लागि आफ्नो बायाँ हातमा केही डिजाइन गरिएको रबरको ब्रेसलेट लगाउने गर्छिन्। दाँहिने हातमा भने फ्रेन्डसीप ब्रेसलेट छ। उनी फ्रेन्डसीप ब्रेसलेगलाई त्यो दुर्घटनामा बाँचेका साथीहरुका लागि लगाएको बताउँछिन्।

हिजोआज विश्वव्यापी रुपमा एमाको सय मिलियन बढी ट्वीटरमा फॉलोअर छन्।

सुरुका दिन उनलाई एक्लै चर्चामा आउन मन लाग्दैनथ्यो। सन् २०१८ मा भेराइटी पत्रिकाले उनलाई ‘पावर अफ वुमन हेनेरिज’ कार्यक्रमका लागि वक्ताको रुपमा निमन्त्रणा गरेको थियो। सुरुमा उनी एक्लै जान हिचकिचाएकी थिइन। तरपछि साथीहरुकै करबलले उनी त्यो कार्यक्रममा सहभागी भइन्। यसले उनलाई अन्तर्राष्ट्रिय ख्याति पनि दिलायो।

ग्ल्यामर पत्रिकाले उनलाई "#द फेस अफ नेवरगेन मुभमेन्ट" र "एक पहिचानयोग्य व्यक्ति" को नाम दिएको छ। वासिङ्टन पोष्टले उनलाई "फ्लोरिडा ल्याटिक्सको नयाँ अनुहार" भनेर बोलायो। उनको तुलना क्रान्तिकारी जोसे मार्टेसँग गर्यो। एनबीसी न्यूजले उनलाई "गोलीबारीबिरुद्ध दह्रो कुरा गर्ने विद्यार्थी कार्यकर्ता मध्ये एक" भन्यो।  २०१८ को मार्चमा प्रकासित टाइम पत्रिकाको गृहपृष्टमा एमा र उनका साथी कार्यकर्ताहरुलाई समावेश गरिएको थियो।

त्यहि महिना फ्रान्स २४ ले उनको प्रोफाइल पनि गरेको थियो ।

अमेरिकी स्कूलमा हतियारको व्यापार ठूलो छ। स्वभाविक रुपमा हतियारको कारोबार गर्ने व्यक्ति पनि प्रभावशाली छन्। यस्तो अवस्थामा जोखिम मोलेर हतियारको विषयमा अगाडि बोल्नु चानचुने कुरा पक्कै होइन। उनको अभियानलाई तुहाउन धेरैले दक्षिणपन्थी षडयन्त्रसँग यसलाई जोडेर हेर्ने असफल प्रयास गरेका थिए।

केही राजनीतिज्ञ र अमेरिकी मिडियाले उनको अभियानको विरोध पनि गरेका थिए। उनको छोटो कपाल र छालाको रंग बारे इन्टरनेटमा आपत्तिजनक टिप्पणी पोस्ट गरेर उनलाई ट्रोल पनि गर्न खोजिएको थियो। उनका धेरै नक्कली फोटो र भिडियो सार्बजनिक भयो।

उनीमाथि लागेको गम्भीर आरोपपछि असत्य साबित भयो। फेसन पत्रिका 'भोग' ले उनले कपाल छोटो काट्नुमा स्कूलको त्यो घटनाको प्रतिक्रिया स्वरुप नभएर फ्लोरिडाको मौसम भएको बताएको छ। क्युवाली आप्रवासी बुवाकी छोरी एमा अहिले पनि ट्विटरमा सक्रिय छिन्। उनको ह्याण्डल @Emma4Change छ ।

जसको एउटा अभियानले अमेरिकाको स्कूलको नीति परिवर्तन भयो pic.twitter.com/eAZrCxgc0q

— BL-News | Nepali (@breaknlinksnp) September 22, 2020

नारी शक्ति श्रृंखला

नारी शक्ति श्रृंखला ४. १४ वर्षको उमेरमा सफल उद्यमी
नारी शक्ति श्रृंखला २.जसको हठले विश्व तरंगीत भयो
नारी शक्ति श्रृंखला १.मलालालाई अग्रिम शुभकामना​
प्रकाशित मिति: : 2020-09-22 17:15:00

प्रतिकृया दिनुहोस्