
थाइल्याण्डका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ।

बिएल संवाददाता - काठमाडौँ
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा थाइल्यान्डको बैंकक पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक पुगेका हुन्। उनलाई सूवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे। थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणका लागि बैंकक प्रस्थान गरेपछि कावा अध्यक्षको जिम्मेवारीमा पोखरेललाई तोकिएको हो। अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८)को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘राजाले कमान्डर तोकेको पनि होइन, प्रदर्शनको आह्वान पनि गरेको होइन’ उनले भनेका छन् ‘निर्मल निवासमा को-को आउँछन्, कति आउँछन्, सबैलाई राजाले आन्दोलन गर्न उक्साएर पठाउछन र?’ उनका अनुसार यो सबै ज्ञानेन्द्र शाहको बदनाम गराउनका लागि रचिएका षड्यन्त्रहरू हुन्। ‘त्यसरी उक्साउने नै भए फागुन २५ को त्यत्रो जनसमुदायलाई भड्काउन सकिन्थ्यो नि!’ पाठक भन्छन् ‘सुझबुझ तरिकाले निर्मल निवासमा लगेर टुङ्ग्याएको हो नि!’
बिएल संवाददाता - काठमाडाैं
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै कुलमान घिसिङले दायर गरेको रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले छुट्टाछुट्टै दायर गरेको रिटमा आज सँगै सुनुवाइ गर्ने पेशी तोकिएको थियो।
बिएल संवाददाता - काठमाडौं
राजावादी प्रदर्शनको क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका कीर्तिपुरका युवा सविन महर्जनको शव पोर्टमार्टम गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। पोष्टमार्टम रिपोर्ट अनुसार महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ। अस्पताल स्रोतका अनुसार उनको दायाँ हातको साइडमा गोली लागेको पछाडिबाट निस्केको पाइएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा गएपछि उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी सम्हाल्ने गरी सिंहलाई कावा प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ। मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय बोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
बिएल संवाददाता - काठमाडौं
नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरूसँग कुरा गर्दै १० वटा स्थानीय तहहरूसँग त्रिपक्षीय सम्झौता भएको बताए। उनले भने, ‘नेपाल सरकार र भारत सरकारबीच विभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरूको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं। १० ओटा स्थानीय तहहरूसँग त्रिपक्षीय सम्झौता भएको छ। म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमणमा निस्केका छन्। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन मंगलबार उनी थाइल्याण्ड प्रस्थान गरेका हुन्। ६५ वर्षपछि नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो। थाइल्याण्ड भ्रमणमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ। भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल छन्।
बिएल संवाददाता - काठमाडौं
खतिवडाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका हुन्। उनले सरकारको गियर बदल्नुपर्ने बेला आएको बताए। उनले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिनको पनि माग गरेका छन्। उनले भने, ‘अहिले जनआक्रोश बढेको देखिन्छ। तीनकुनेमा पनि देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन। अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन। गियर परिवर्तन गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधि सभाको बैठकले राप्रपाका सांसद दिपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। मंगलबार बसेको बैठकबाट बोहराको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित भएको हो। बोहराको चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। संसदले शोक प्रस्ताव पारित गर्दै भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभा सदस्य, आठ पटक नेपाल सरकारको मन्त्री रहनु भएका नेपाली राजनीतिको एक महत्वपूर्ण व्यक्तित्व दीपक बोहराको ७४ वर्षको उमेरमा आजै २०८१ साल चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा निधन भएकोमा प्रतिनिधि सभाको यो बैठकमा उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली प्रकट गर्दछ।’
बिएल संवाददाता - काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले चैत १५ गतेको प्रदर्शनमा निर्मल निवासको कुनै संलग्नता नरहेको दाबी गरेको छ। तीनकुने घटनापछि निर्मल निवासको कुनै प्रतिक्रिया नआएको भन्दै व्यापक आलोचना भइरहेका बेला निर्मल निवासले मुख खोलेको छ। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले बीएल नेपाली सेवासँग कुराकानी गर्दै १५ गतेको आन्दोलनमा निर्मल निवासको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि ठूलो धनजनको क्षति भएको थियो। उक्त घटनापछि १०० भन्दा बढी राजावादी कार्यकर्ताहरू पक्राउ परेका छन्। भने राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्। उनले पूर्वराजाले कसैलाई पनि कमाण्डर नतोकेको र प्रदर्शनको आह्वान पनि नगरेको दाबी गरे। प्रदर्शनको अघिल्लो दिन पूर्वराजासँग प्रसाईंले भेटवार्ता गरेपछि राजावादी मोर्चाले उनलाई आन्दोलनको कमाण्डर तोकेको थियो। तर, पूर्वराजाको सचिवालयले भने आन्दोलनमा निर्मल निवासको संलग्नताबारे गरिएका दाबीहरू खारेज गरेको छ।
बिएल संवाददाता - काठमाडौं
संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।
बिएल संवाददाता - काठमाडौं
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले छुट्टाछुट्टै दायर गरेको रिटमा आज पेशी तोकिएको हो। गत आइतबार पनि दुवै रिट एकैपटक हेर्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नमिल्नेमा परेपछि पेसी सरेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा बोहराको ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन्। उनी लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए। पछिल्लो समय उनी पेटको समस्याबाट समेत पीडित थिए।
बिएल संवाददाता - काठमाडौं
गत पुसमा उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपछि उनको सांसद पनि निलम्बन भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा १७०० भन्दा धेरै मानिस मृत फेला परिसकेका छन्। यो भूकम्पमा परेर १७ जना नेपालीभाषीको पनि मृत्यु भएको छ। भूकम्पले म्यानमारको छिमेकी थाइल्याण्डमा पनि क्षति गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। थाइल्याण्डसँगकाे कुटनीतिक सम्बन्ध गाँसिएकाे लगभग ६५ वर्षपछि पहिलाेपटक नेपाली प्रधानमन्त्रीकाे याे औपचारिक भ्रमण हाे।
बिएल संवाददाता - काठमाडाैं
समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ। यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्नेछ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .