
जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र तत्काल संचालन गर्न १० करोड लाग्ने अन
वन तथा वातावराणमन्त्री ऐनबहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन्। बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरूसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए। उनले प्रारम्भिक क्षति मुल्याङ्कनमा करिब २८ करोडको हाराहारीमा क्षतिको विवरण आएको जानकारी दिए। उनले भने, ‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरूको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौं। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङ्कन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङ्कन गरेको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ।’

बिएल संवाददाता - काठमाडौं