बिहिबार, २३ अप्रिल २०२६

जेठ १५ को आन्दोलन पछि ओली आफै भाग्ने दिन आउन सक्छ

हालका दिनमा राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको राप्रपाले श्रृङ्खलावद्ध आन्दोलन गर्दै आएको छ। त्यसकै निरन्तरतामा राप्रपाले गणतन्त्र दिवसको दिन नै राजसंस्था माग गर्दै आन्दोलनको घोषणा गरेको छ। यसलाई राप्रपाले गणतान्त्रिक व्यवस्थालाई चुनाैती भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले ईयूलाई ५० प्रतिशत कर लगाएपछि अर्को तनाव

ईयू अमेरिकाको मुख्य आयात ब्यापार केन्द्र हो। ईयूका प्रतिनिधिसँग ब्यापार वार्ताले गति नलिएको र उनीहरूले चासो नदिएको भन्दै ट्रम्पले आगामी जुन १ देखि ईयूबाट अमेरिका पुग्ने सबै सामग्रीमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका हुन्।  उनले अब कुनै पनि सम्झौताका लागि आफू तयार नभएको भन्दै सबै ढोकाहरू बन्द भएको घोषणा पनि गरेका छन्।  ‘हामीले सम्झौता तय गरिसकेका छौं त्यो भनेको ५० प्रतिशत भन्सार कर नै हो’ उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चकाे जिकीर रवि कसुरदार रहेनछन् भन्ने आधार देखिएनन् (फैसलाकाे पूर्णपाठ)

सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दर्ता गरेपछि उच्चले उनलाई फेरि उनलाई थुनामा राख्न आदेश दिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकजना उत्ताउलो मान्छेले हेलिकोप्टरबाट भाग्न दिन्छौं भनेछ : प्रधानमन्त्री

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ‘पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ। राजसिंहासनको कल्पना अब हुन्न। नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजतन्त्र फर्काउने राजावादीकाे सपना कहिल्यै पूरा हुँदैन–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र नफर्किने बताएका छन्।  नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्रीलाई बर्खास्तकाे माग गर्दै युवराज सफलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

अध्यागमनका कर्मचारीले दलालसँगको मिलेमत्तोमा भिजिट भिसामा जानेहरुसँग मोटो रकम उठाएको यो प्रकरणमा गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको नाम जोडिएकाले तत्काल निलम्बन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन उजुरकर्ताले ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हाे। अब यो रिटमा आदेश आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थ मन्त्रालय प्रवेशमा कडाई, मन्त्री र कर्मचारी रातैभरि

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्। अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहका ९ कर्मचारीको सरुवा

भट्टराईसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको सरुवा गरिएकाे बुझिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चमा रविको रिटमा सुनुवाइ हुँदै, आदेश आजै आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।  शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। हेर्दाहेर्दैमा राखिएको रिटमा आजै सुनुवाइ सकिने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीन, पाकिस्तान र अफगानिस्तानबीच दोस्ती, भारतलाई डर!

भारतले यसअघिदेखि नै चीन-पाकिस्तानबीचको त्यो आर्थिक करिडोर परियोजनाको विरोध गर्दै आएको छ। किनकि यो करिडोर पाकिस्तान प्रशासित जम्मुकश्मिरकै बाटो जान्छ। जसलाई लिएर भारत-पाकिस्तानबीच वर्षौंदेखि युद्ध हुँदै आएको छ। सिपिईसी बिआरआई परियोजनाकै एक हिस्सा हो। त्यसैले पनि भारतले सधैं यसको विपक्षमा रहँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्तित्व जोगाउन संघर्ष गरिरहेको हुलाक

अहिले हुलाक सेवाको पुनःसंरचना भएपछि ७७ जिल्लामा हुलाक पुगेको छ।  पहिलाको इलाका हुलाक कार्यालयहरु खारेज भएपछि ७ सय ५३ वटा पालिकामा हुलाक पुगेको छ। एक स्थानीय तह, एक हुलाक कार्यक्रम कार्यान्वयन पनि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ, आदेश के होला?

‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ। आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब केही जाहेरवालाका तर्फबाट बहस गर्न बाँकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत: आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना नगर्न ट्रम्पको आदेश

‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूले देशको आन्तरिक कानुनलाई पालना गरेको देखिएन। त्यस कारण अबका दिनदेखि हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना रद्द गरिएको छ’ उनले लेखेकी छिन्।   उनका अनुसार हार्वर्ड विश्वविद्यालयमात्रै नभएर यो अमेरिकामा रहेका सबै विश्वविद्यालयका लागि एक चेतावनी पनि हो।  ट्रम्प प्रशासनको यो कदमलाई विश्वविद्यालयले भने ‘गैरकानुनी’ भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१९ बर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएकोमा बाबुरामको आत्मालोचना

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन्।  बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए। उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन। हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला? १९ वर्षसम्म यस्तो कुारालाई यसरी थाती राख्न मिल्छ? हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा एमाले नेता पक्राउ,

सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्। सोह्रखुट्टेको दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएर नतिरेका अर्याललाई पक्राउपछि अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिएको छ। २०७४ सालमा आफैं सञ्चालक समितिमा रहेका बेला लिएको ऋण हालसम्म पनि नतिरेको र राजनीतिक आडमा रकम पचाउन खोजेको सहकारीको आरोप छ। एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनको  सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबारदेखि सुनुवाइ सुरु गरिएको रविको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार संयुक्त इजलासका न्यायाधीशहरूको इजलास फरक-फरक परेपछि लामिछानेको मुद्दा हेरिएन। रविसँगै पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि एकैपटक हेरिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली पनि पाकिस्तानको ‘स्लीपर एजेन्ट’! भारतमा परे पक्राउ

स्लीपर सेल एजेन्ट भनेर चिनिने ती खुफिया एजेन्टहरूलाई अहिले तिहाड जेलमा राखिएको छ। भेष बदलेर गुप्तचर सूचना आदानप्रदान गर्ने एजेन्टहरूलाई स्लीपर सेल भनिन्छ। भारतीय सुरक्षा फौंजले लामो समयदेखि देशभरि त्यस्ता एजेन्टहरूको खोजी अभियान चलाएको थियो। दिल्ली प्रहरीले त्यसलाई गोप्य अभियान भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँफिकोटका प्रशासकीय अधिकृत ‌‌ओलीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। वडा नम्बर २ स्थित पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दूर्गबहादुर ओलीसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। अख्तियारले उनीहरूविरुद्ध जनही २१ लाख  ६३ हजार ८५६ रुपैयाँ बिगो दावी र सजाय माग गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सडक निर्माणका क्रममा अनियमितता गरेको पाइएपछि बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृत ओली, प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र पिपलकाँडा मेलगौरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हृदयन्द्रलाई राजा मान्न देउवा तयार भएकै हुन्? के भन्छ कांग्रेस?

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई जोडेर राजसंस्थाका बारेमा प्रकाशित भएका समाचारको खण्डन गरेको छ। सभापति शेरबहादुर देउवा संवैधानिक राजतन्त्रप्रति सकारात्मक रहेको र पूर्वाराजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्रलाई संवैधानिक राजा स्वीकार्न तयार रहेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाको धारणा भन्दै राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको बताएका छन्। उनले सभापति देउवा गणतन्त्रको संरक्षण र सम्वर्द्धनमा प्रतिवद्ध रहेको र यसमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं