सत्ताबाट हटेपछि प्रचण्डलाई ‘केराको पात’ याद आयोः प्रदीप ज्ञवाली
उनले प्रचण्ड यतिबेला पहिचानको नाममा देशमा फेरि अराजकता मच्चाउन सकिन्छ कि भनेर लागि परेको टिप्पणी गरे। उनले माओवादीले भत्काएका भौतिक संरचनाहरू बनाउन अहिलेको सरकारलाई समय लागेकोसमेत दाबी गरे। उनले भने, ‘हिजो कोशीका सांसदले नामकरण गरे। नाम राख्न माओवादीका सांसद पनि लाम लागे। सत्ताबाट हटेपछि माओवादी पुनः पहिचानको नाममा अराजकता फैलाउन लागेको छ।’ त्यस्तै उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई ठूलो विषय बनाउँन नहुने पनि बताए। उनले पार्टीको लोकतान्त्रिक जीवन पनि स्वस्थ बनाउनु पर्ने उल्लेख गरे।
बिएल संवाददाता - मोरङ