इन्स्पेक्टर सन्तोषीको आत्महत्या प्रकरण- सशस्त्रकै इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
घटनाबारे अनुसन्धानका लागि सोमबार सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए। सिन्धुपाल्चोक घर भएकी सन्तोषी शनिबार राती ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने पारिवारले आशंका गरेको छ।
बिएल संवाददाता - काठमाडौं