रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको निगाह थापेर आएको होइन
उनले आफू जुम्लाबाट ‘हाहा होहो’ गरेर नभइ नभएर जनताबाट प्रत्यक्ष चुनाव जितेर आएको बताएका हुन्। आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले शाहीलाई आफूसँग बहस गर्ने भए इतिहास पढेर आउन र जम्लामा हाहा होहो गरेजस्तो नगर्न चेतावनी दिएका थिए। पन्तलाई जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको बताएका हुन्। शाहीले आफू पन्तले जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडौं