सरकारलाई जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका बढाउनुपर्छः राष्ट्रपति
अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउने दायित्व पनि सदनमाथि रहेको बताए। उनले भने, ‘संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरुको काँधमा छ।’ राष्ट्रपति पौडेलले कतिपय महत्वपूर्ण कानूनहरू बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्याहरूमा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा संसदको नेतृत्वकर्ताका हैसियतलले यो अवस्थालाई हटाएर संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको बताए।
बिएल संवाददाता - काठमाडौं