प्रधानमन्त्रीले भने- भिजिट भिसा विदेश जानेलाई सास्ती दिने गरेको सुनेकाे छु, त्यस्ता कार्य तत्काल बन्द गर्नुहोला
प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’
बिएल संवाददाता - काठमाडौं