
बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने एमालेकाे निर्णय
नेकपा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई लगाएको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उनीहरूमाथि लगाएकाे निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाकाे जिम्मेवारी ६ महिनाकाे लागि खाेसिएकाे थियाे।

बिएल संवाददाता - काठमाडाैं