बुधबार, ०३ सेप्टेम्बर २०२५

स्वास्थ्य स्वयंसेविकाको गुनासो– ‘हामीलाई राज्यले हेला गरेको छ’ 

स्वास्थ्य स्वयंसेविकाहरुले राज्यले आफुहरुको सम्मान नगरेको गुनासो गरेका छन्। २०औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डका मन्त्रीहरूको 'रिपोर्ट कार्ड' : एकदुईले मात्र प्रभाव छाड्दा अधिकांश 'फेल'

अर्थतन्त्रको दुरावस्था, बढ्दो महंगी, मूल्यवृद्धि, बेरोजगारी, दैनिक उपभोग्य वस्तुको अभाव, कृषिजन्य सामग्रीको अभावका बीच सरकारका मन्त्रीबीच कसले राम्रो काम गर्ने भन्ने होडबाजी हुनुपर्नेमा परिस्थिति ठ्याक्कै उल्टो देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुरमा एक महिलाद्वारा घाँटी थिचेर श्रीमानको हत्या

त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीले उनकाे ६० वर्षीय श्रीमान श्याम कुमार राईको घाँटी थिचेर हत्या गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

एनसेलको शेयर खरिद-बिक्री: नियामकलाई किन जानकारी भएन?

लामो समयदेखि करछलीको विवादमा अदालती प्रक्रिया भोगिरहेको एनसेल कम्पनीमा फेरि करछलीको नियतबाट शेयर कारोबार भएको हुनसक्ने विषयमा पनि आशङ्का उब्जिएका छन्। विदेशमा कारोबार हुनु, न्यून रकममा शेयर खरिदबिक्री हुनु, शेयर खरिद गरेका व्यक्ति र संस्थाको शंकास्पद आबद्धतालगायत कारण यस्ता आंशका देखिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छाेरीकाे मुटु जाेगाउँदा-जोगाउँदै हजार मुटु चिरेका डाक्टर

श्रीमती सुशिला शाक्य (वैद्य)सँगै ३ महिनाकी छोरी छोडेर उनीहरू डाक्टरी पढ्न रसिया पुगेका थिए। कलेज बिदाको मेसो मिलाएर उनीहरू घर आए। जन्मिएको ३ महिनामा छाडेको छोरीसँग भेट हुँदै थियो। घरका आमाबा, साथीभाइ, आफन्तसँग। घर फर्किएर रम्ने योजना पनि थियो, रसियामै हुँदा। तर, उनको रसियामा अंकुराएका खुसी घरको सम्झनाले टिक्न सकेनन्। घर आएपछिमात्रै थाहा भो- छोरी बिरामी थिइन्। अस्पतालबाट फर्काइएकी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोठबाट कबड्डी खेल्दाखेल्दै राष्ट्रिय टोलीको प्रशिक्षक बनेकी पार्वती

उदयपुरबाट हुँइकिएको बस काठमाडौँको सहिद गेटअघि रोकियो। पार्वती राई बसबाट ओर्लिएर पहिलो पटक पाइला टेकिन्, काठमाडौँको जमिनमा। सपनाजस्तै थियो काठमाडौँ सहर। पहिलो पटक आएको। कौतुहलता छ, मनमा। बसबाट झरेर अगाडि हेरेको देखिए, केही छुट्टै मानिस। लुगा सफा छ। हातमा सेता पन्जा। त्यही हातले इसारा गरिरहेका र गाडीलाई रोक्ने, पठाउने गरिरहेका थिए, ‘ट्राफिक प्रहरीहरू’। १३ वर्षकी पार्वती। उनको मन त्यसै चञ्चल छ। सबै नयाँ छन्। अर्को दिन एकाबिहानै देखिए, केही घोडा। घोडामा चेढेका उनै ट्राफिक पुलिस।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘भुटीदिदी’ले पाइन् ७३ वर्षमा नागरिकता

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्यो। जीवनको उत्तरार्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

वायुसेवा निगमलाई बिझाइरहेको एउटा काँडा

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले २०७८ कात्तिकमा नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनाएर युवराज अधिकारीलाई नियुक्ति गर्दा भनेका थिए, ‘नेपाल एयरलाइन्सको रुपान्तरणका लागि उहाँ (युवराज) जस्ता अनुभवी नेतृत्वको खाँचो छ।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दोहोरोले अङ्कले घट्याे नेप्से

आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राष्ट्रिय ध्वजा’ धुजा-धुजा पारिरहेका यी अनुहारहरू

नेपाल वायु सेवा निगमका केही कर्मचारीहरूले आइतबारदेखि कार्यकारी प्रमुख युवराज अधिकारीलाई ‘प्रवेश निषेध’ लेखिएको एउटा कालो ब्यानर टाँसेर निगममै धर्ना बसिरहेका थिए। त्यहीबेला अधिकारी समर्थक केही मान्छेहरू आएर त्यो ब्यानर च्यातेर मिल्काइदिए। तर कर्मचारीहरूले धर्ना छोडेनन्। ‘निगम डुबाउन लागेको’ भन्दै केही दिनदेखि भित्रभित्रै आन्दोलित भइरहेका कर्मचारीहरू निगमका कार्यकारीविरुद्ध आइतबारदेखि धर्ना नै सुरु गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाेरीकाे मुटु जाेगाउँदा-जोगाउँदै हजार मुटु चिरेका डाक्टर

वर्ष दिनपछि रसियाबाट घर फर्किएका थिए, प्रेमराज वैद्य। वर्ष दिनअघि छुटेका साथी, आफन्तलाई भेट्न। अनि भेट्नु र हेर्नैपर्ने सबैभन्दा प्रियजन थिइन्, डेढ वर्षकी छोरी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘बोल्ड’ अवतारमा वाणी कपूर (फोटोफिचर)

भारतीय अभिनेत्री हुन्, वाणी कपूर। जसले हिन्दी फिल्ममा आफ्नो भूमिका निभाएकी छिन्। उनले फिल्म ‘शुद्ध देसी रोमान्स’ बाट बलिउडमा कदम राखेकी थिइन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

‘हट’ अवतारमा इशा गुप्ता (फोटोफिचर)

भारतीय अभिनेत्री हुन्, इशा गुप्ता। सन् २००७ सालमा ‘मिस इन्डिया इन्टरनेशनल’ जितेकी उनी आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चित छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

कुल्लूको यात्राः हिउँको मजासँगै चियाको चुस्की

कुल्लू मनालीका होटल तथा कपडा व्यापारीहरूको अनुहारमा सबैभन्दा बढी रौनक हिउँ परेको समयमा झल्किन्छ। पर्यटकहरू ह्यात्तै बढ्छन् र स्थानीय व्यापारी राम्रो आम्दानी हुने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

जोशीमठ किन भासिँदै छ?

घरहरू भत्किँदा स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरू खुला आकाश र होटलको सहारा लिन बाध्य छन्। अहिलेसम्म केही व्यक्तिले मात्र सरकारबाट पाँच हजारको चेक पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्यान्मार, ‘म्यान–मार’जस्तै छ

गत वर्ष म्यान्मारकाे स्वतन्त्रता दिवसमा कम्बोडिया, रुस, बेलारुस, सर्बिया र उत्तर कोरियाले शासकलाई बधाई तथा शुभकामना दिएका थिए। तर यो वर्ष कम्बोडिया, रुस, बेलारुस, उत्तर कोरिया, साउदी अरेबिया र नेपालले सोही किसिमको सन्देश पठाए। चीन, थाइल्यान्ड र भारत– जसलाई सैन्य जुन्ताले असल छिमेकीको संज्ञा दिन्थ्यो, तिनीहरूले नै जेनरल मिन आङ ह्लाइङलाई शुभकाना दिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएकाे निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गफ हाँक्दैमा कर्णालीले दोहोरो अंकमा स्वर्ण जित्दैन

अबको दुई वर्षमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। यो प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म संचालन हुने भएको छ। यही विषयलाई लिएर रातोपाटीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोहोरो अंकमा स्वर्ण जित्ने कर्णालीको योजना भनेर एउटा समाचार प्रकाश भएको रहेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला