टर्किएको राजधानीमा आइएस विरुद्ध तीव्र कारबाही
टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।
बिएल संवाददाता - अङ्कारा
टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।
बिएल संवाददाता - अङ्कारा
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन्।
बिएल संवाददाता - गाजापट्टी
नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा स्कोर रदद् प्रकरण च्याप्टर लगभग बन्द भएको छ । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले तीन विकल्प रोज्न दिएको निर्धारित समयमा प्रभावित आठसय ३२ चिकित्सकले आआफ्नो सहुलियतको बिकल्प रोजेपछि पछिल्लो परिस्थिति सिर्जना भएको हो।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
‘फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ।’ उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए।
बिएल संवाददाता - औगादुगु
शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ। मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।
सुधा अत्रि - मान्डले म्यान्मार
अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा १३८% ले वृद्धि भएको छ । यो वृद्धि चालु आर्थिक वर्षको पहिलो तीन महिनाको हो। यस अवधिमा दुईहजार आठसय ९६ नेपाली विद्यार्थी र तिनका एकसय ११ आश्रितले भिसा पाएको अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
प्रमुख दलले आफ्नो पार्टीको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट सर्वसाधारणलाई वितरण गरिरहेका छन्। राजनीतिक दलको चुनाव चिन्ह अंकित कण्डमको प्याकेट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
बिएल संवाददाता - भारत
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
बिएल संवाददाता - गाजा
एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाई अपहरण नै गरिन। ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन्। त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन्।
बिएल संवाददाता - हैदाराबाद
अमेरिकी अदालतले युएसएमएलई स्कोर रद्द भएका ८३२ नेपाली चिकित्सकका चारवटै अनुरोध अस्विकार गरेर राहत मिल्ने आशाका सबै ढोका बन्द गरिदिएको छ। वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टले बुधबार गरेको निर्णयको शुक्रबार सार्वजनिक भएको पूर्णपाठमा त्यस्तो उल्लेख गरिएको छ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो।
बिएल संवाददाता - नयाँदिल्ली
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गराएकाे जनाइएकाे छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ।
बिएल संवाददाता - गाजा
इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ।
बिएल संवाददाता - जेरुसेलम
अमेरिकामा नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णयविरूद्धको इमर्जेन्सी मोशन खारेज भएको छ। मोशन खारेज भएसँगै ८३२ जना नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्द भएको छ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
‘आज बिहान सबेरै विपरित दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दू धार्मिक अनुष्ठानका क्रममा भएको हो।
बिएल संवाददाता - मुम्बई
उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ।
बिएल संवाददाता - टोकियो
अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश क्रिस्टोफर कुपरले नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने आदेश दिएका छन् । उनले दुबै पक्षलाई कोर्टरुम २७ उपस्थित हुन आदेश दिएका हुन् ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
अमेरिकाको डीसी कोर्टमा आज मंगलबार सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको निर्णय हुँदैछ। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले उनीहरूको युएसएमएलई स्कोर रद्द गरेपछि फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ। बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ।
बिएल संवाददाता - उलान बातोर