मङ्गलबार, १४ जुलाई २०२६

बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त

चिकित्सक र कर्मचारी आन्दोलित भएकै कारण आइतबारदेखि आकस्मिकबाहेक सेवा ठप्प भएको छ। सयौं बिरामी बिना उपचार फर्किन बाध्य भएका छन्।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - रत्नप्रसाद आचार्य

यसरी सम्भव छ गुठी संस्थाको पुनरुत्थान

गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो।

अनलाइनखबर

अनलाइनखबर - डा. शोभित शाक्य

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद रिक्त भएको साढे दुई महिना नाघिसकेको छ । उपकुलपति मात्रै होइन, त्यहाँका शिक्षाध्यक्ष र रजिस्ट्रारसमेतको पदावधि समाप्त भएर अहिले सबै पदमा निमित्तहरू आसीन छन् । विश्वविद्यालय ऐनमा रहेको ‘कुलपतिले तीन महिनाका लागि पदाधिकारी तोक्न सक्ने छ’ भन्ने विधानलाई अँगालेर त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पूर्वशिक्षाध्यक्षलाई उपकुलपति र डिन पदमा रहेका दुई जनालाई शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिइएको छ । त्यसरी तोकिएको तीन महिनाको समयसमेत सकिन अब केही दिन मात्रै बाँकी छ तर विश्वविद्यालयले पदाधिकारी पाउला जस्तो सम्भावना देखिएको छैन । सारमा भन्नुपर्दा देशकै ठुलो र गरिमा बोकेको महत्वपूर्ण विश्वविद्यालय अहिले तदर्थवादमा चलेको छ ।

नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य सङ्कटमा रहेको चेतावनीका रूपमा औँल्याएका छन्।

बिबिसी

बिबिसी - प्रदीप बस्याल

त्रिवि उपकुलपति चयनमा सकस

जोसँग योजना छ, जसले विश्वविद्यालय बुझेको छ, जोसँग आत्मसम्मान छ, उसले सबै सन्दर्भमा जसले मागे पनि दरखास्त हाल्छ भन्ने हुँदैन । सिफारिस समितिलाई ‘सर्च कमिटी’ पनि भनिने हुँदा योग्य पात्रले दरखास्त नहालेमा त्यस्ता व्यक्ति खोज्ने दायित्व पनि सिफारिस समितिको हो ।

गोरखापत्र

गोरखापत्र - काठमाडाैं

हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर, चिसोले बिरामी पर्न थाले वृद्धवृद्धा

चिसोका कारण अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्न थालेका छन् । भेरी अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी र निमोनियाका बिरामी बढेको सूचना अधिकारीसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले जानकारी दिए । ‘चिसो बढेपछि एक सातायता बिरामी बढेका छन्,’ उनले भने ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडाैं

निर्मला अनि भागरथी बाँचेका भए त्यो पनि 'वान नाइट स्ट्यान्ड' हुन्थ्यो होला है !

अब समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती, विवाहपछि श्रीमान् बाहेकसँगको यौन सम्बन्ध हुनु, अझ बलात्कार हुनु भनेको सतीत्व लुटिनु हो, ज्युँदै मरे समान हो।

उकेरा

उकेरा - केपी ढुंगाना

किन गर्नुपर्छ नेपालमा जनसङ्ख्या नीति संशोधन ?

एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे । खासगरी सन् १९५९ मा परिवार नियोजन सङ्घको स्थापना गरेर सानो परिवारको अवधारणा अघि बढाउँदै जन्मदर नियन्त्रणमा राज्य अनवरत रुपमा प्रयासरत रह्यो ।

रातोपाटी

रातोपाटी - चेतन अधिकारी

जमिन बग्यो, नदी सुक्यो

२०७० को दशकमा रातुसहितका नदीमा ठूल—ठूला बाढी आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्यांकले देखाएको छ। २०७३, २०७४, २०७५ मा लगातार तीन वर्ष आएको बाढीले राजमार्गको पुलसमेत बगाएको थियो। यस अवधिमा यहाँ २० जनाले बाढीजन्य प्रकोपमा ज्यान गुमाए।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - राजकरण महतो

'म मर्नु उसले उन्मुक्ति पाउनु हो, बाँचेरै लड्छु'

उनलाई आफ्नो शरीर आफ्नो जस्तो नभइ कुनै मृत जनावरलाई गिद्धले लुछेको जस्तो लागिरहेको थियो, त्यतिबेला। आफूमाथि भएको हर्कत, त्यसले खज्मज्याएको जिन्दगीको व्यथा सुनाउँदा उनी अहिले पनि आफ्नो आँसु रोक्न सक्दिनन्।

सेतोपाटी

सेतोपाटी - सरिशा अछामी

सुदृढ राज्य प्रणाली नहुँदा जागेको बित्पाते मोह

कुनै प्रणालीले राम्रो नतिजा दिन सकेन र सन्निकटमा वैकल्पिक प्रणालीको विकास हुने आशा भएन भने कुनै व्यक्तिको चटके नायकत्व वा बित्पाते समूहको नौटङ्कीमा भरोसा जाग्न थाल्छ । विगतको कुनै समयको अत्यासयुक्त शासन व्यवस्था किन नहोस्, मानिस नोस्टाल्जिक बन्न थाल्छ ।

अनलाइनखबर

अनलाइनखबर - जीवनाथ शर्मा

हडपेको सम्पत्ति पीडितलाई फिर्ता दिन प्रशासनमा सहमति गरेका साहुकार अझै जालझेल गर्दै

मिटरब्याजी साहुकार जाविर अलि धोबीले षड्यन्त्रपूर्वक हडपेको १० धुर घडेरी ३४ लाख ८५ हजारमा बेचिदिएपछि सुकुमबासी बनेका सर्लाही मलंगवा–४ शिवसागर चोकका हबिब साह फकिर । उनले ६ फागुन ०५६ मा धोबीसँग ४० हजार ऋण लिएका थिए । फकिरले सावाँब्याजसहित दुई लाख ७५ हजार तिर्नुपर्ने र साहुकार धोबीले ३० लाख रुपैयाँ ३२ साउन ०८० भित्र फकिरलाई फिर्ता गर्नुपर्ने सहमति जिल्ला प्रशासनमा भएको थियो । तर, फिर्ता गर्नु त परको कुरा, साहुकार सम्पर्कमै आएका छैनन् । एउटा कोठा भाडामा लिएर चारजनाको परिवारसहित बसिरहेका फकिर ज्यालामजदुरी गरेर गुजारा चलाउँछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिरासत यात्रामा भगौडा ‘भगवान्’

आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि सर्लाही जिल्ला अदालतको आदेशअनुसार २०७७ साल माघ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न गएको थियो।

नागरिक दैनिक

नागरिक दैनिक - टपेन्द्र कार्की

सरकारलाई कमजोर बनाउन लागेकाहरू दूरसञ्चार क्षेत्रमा हाबी छन्

एमडीएमएसले बर्बादै हुने भएपछि अवैध कारोबारीको होसचेत उड्यो। उनीहरू सक्रिय भए। मन्त्री, कर्मचारी, सांसददेखि मिडियासम्मलाई गलत सूचना दिए। प्रभावमा पारे

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - काठमाडाैं

लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी

यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली गैरकानुनी रूपमा एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको भेटिएको छ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - सुवास भट्ट

बदनाम गणतन्त्रको विकल्प राजा हुन सक्दैनन्

१ माघ २०६३ मा दुई महत्वपूर्ण घटना भए । नेपालको अन्तरिम संविधान २०६३ जारी र नेपाल अधिराज्यको संविधान २०४७ खारेजी । अन्तरिम संविधानको धारा ४ अनुसार राजतन्त्र उन्मूलन भएर नेपाल गणतन्त्र बन्यो ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडाैँ

नेपाली कामदार साउदी पठाउने विषयमा किन हुन्छ पटकपटक विवाद ?

दक्ष तथा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले साउदीलाई रोज्छन् । कामदारको सुरक्षा, राम्रो तलब सुविधा लगायतका कारण नेपाली श्रमिकको रोजाइमा साउदी अरब पर्छ ।

रातोपाटी

रातोपाटी - कृष्णसिंह धामी

साकार हुँदै स्वरसम्राट्को सपना

विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आफन्तजनले मुखै सामुन्ने भन्ने गर्थे, “तिमीहरूको सन्तान छैन, शेषपछि घरबार/सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ?”

हिमाल खबर

हिमाल खबर - अनिता भेटवाल

मेरो प्रशासनिक अनुभवले देखेको जनशक्ति विकासको महत्त्व

बालवयकी मलाई त्यो आँपको रूख अचम्मको लाग्थ्यो। त्यसको फेदबाटै दुईतिर फिँजारिएका दुई वटा ठूला हाँगामा बेग्लाबेग्लै आँप फल्थे। एउटामा गोलो आकारको ठूलो आँप फल्थ्यो।

सेतोपाटी

सेतोपाटी - अनिता निरौला

अघोरीको विरोध हुँदैन !

उनको दलभन्दा कांग्रेसको सदस्य संख्या अत्यधिक थियो। स्वाभाविक रूपमा कांग्रेस शक्तिशाली हुने नै भयो। यही परिवेशमा कांग्रेसको वरिष्ठतम् नेताको दरबारको बैठक कोठाको दृश्य हो यो।

राजधानी दैनिक

राजधानी दैनिक - सरोज मिश्र

बालविवाहले बर्बादी : गर्भमा शिशु, विवाह बदर

नेपालको कानुनले विवाह गर्ने उमेर कम्तीमा २० वर्ष निर्धारण गरेको छ।  सप्तरीमा १३ वर्षीया बालिकाको विवाह भयो।  केही महिनाकी गर्भवती उनको आठ महिनामा अदालतले विवाह बदर गर्‍यो।  विवाह गैरकानुनी थियो, बदर भयो।  यहाँ एउटा समस्या उब्जियो– ती बालिका कहाँ जाने? उनको भविष्य के होला? विवाहस्थलमै गएको प्रहरीले उतिबेलै यसलाई रोकेन।  यो समस्याको भागीदार अब कसले हुने? ती बालिकाको भविष्य बर्बाद हुनबाट कसरी जोगाउने? 

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - मनोहर पोखरेल