मङ्गलबार, १४ जुलाई २०२६

नागरिकलाई कार्डको भारी, दुई अर्बको ‘मास्टरकार्ड’ बेकामे

राज्यका विभिन्न सेवाका लागि नागरिकले अहिले थरी–थरीका सरकारी परिचयपत्र बोक्नुपर्ने बाध्यता छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, पान नम्बर, लाइसेन्स, जीवन बिमा परिचयपत्रलगायतका सरकारी कार्डले एकातर्फ सेवामा राज्यको खर्च बढाएको छ भने अर्काेतर्फ सर्वसाधारणलाई सास्ती छ। जब कि सबै परिचयको विवरण राष्ट्रिय परिचयपत्रमै राख्न सकिन्छ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडाैँ

राष्ट्रिय गौरवको सुनकोशी–मरिण सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम)को स्विच थिचेपछि सुरुङ छेडिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीस्थित नदीकिनारमा निकालिएको छ ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडाैँ

जग्गा टुंगो नलाग्दै कमिसनको लोभमा ५ वर्षअघि किनिएको ६ अर्बको ट्रान्सफर्मरमा खिया

थानकोट-चापागाउँ-हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरेको खुलेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तजबिजीमा आजभन्दा ५ वर्ष पहिला नै ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा लुकाएर राखिएको हो।

लोकान्तर

लोकान्तर - काठमाडाैँ

के सहरबाट गाउँ फर्किन सम्भव छ?

अनौपचारिक भेटघाट र छलफलमा कतिपय मानिस सहरले खुसी र स्वास्थ्य दुबै दिन नसकेको बताउँछन्। गाउँ छाडेर सहरमा सरेकालाई गाउँको याद आउँछ, देश छाडेर विदेश पुगेकालाई देशको याद आउँछ।

सेतोपाटी

सेतोपाटी - काठमाडौं

यो बर्खामा नेपालमा पनि चरम मौसमी घटनाको ‘जोखिम’

निकै कम वर्षा हुने यूएईको आबुधाबी र दुबईमा बिहीवारबाट पुन उच्च वर्षा भइरहेको विवरण आएका छन्। नेपालमा भने लामो समयदेखि वर्षा नहुँदा सुख्खाका कारण एकातिर किसानहरू मर्कामा परेका छन् भने अर्कोतर्फ गर्मीले जनजीवन प्रभावित बनाएको छ।

बिबिसी

बिबिसी - काठमाडौं

जलवायु परिवर्तन र तातो सहर

खासमा यी सहर निर्माण गर्दा स्थलगत इकोसिस्टम विनाश हुने, रुखबिरुवा, वनजंगल कटानी हुने, समुद्री किनारा र सिमसार क्षेत्र कंक्रिटमा परिणत हुनेजस्ता कारणका साथै बाक्लो जनसंख्यासमेत एकै ठाउँमा गुम्सिँदा मिथेन उत्सर्जनको थप समस्याले आधुनिक सहर तातो सहरमा रूपान्तरण भइरहेका छन् ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडौं

चुनौतीबीच पहरेदारी

हामी आज २३ वर्ष प्रवेश गरेका छ। यस पुनित अवसरमा तमाम पाठक, शुभचिन्तक तथा विज्ञापनदातामा म हार्दिक बधाई तथा शुभकामना साट्न चाहन्छु। यो तपाईंहरूको प्रगतिको पाइला हो, हामी केवल गोरेटो हौं। 

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - काठमाडाैँ

मजदुर दिवस कर्मकाण्डी मात्र नबनोस्

मानवीय शक्तिद्वारा जुन काम गरिन्छ, त्यसलाई श्रमिक या मजदुर भनिन्छ । चाहे त्यो काम शारीरिक या बौद्धिक प्रयासबाट काम गर्ने ब्यक्तिलाई श्रमिकको रूपमा बुझ्ने गरिन्छ । अर्को राजनीतिको भाषामा आफनै पुरुषार्थबाट बाँच्ने जनशक्तिलाई सर्वहारावर्ग भन्ने गरिन्छ । 

बाह्रखरी

बाह्रखरी - काठमाडौं

युरोप सपनाले ठगिँदैछन् नेपाली युवा

साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ हुन्छ’ भन्ने उनले सुनेका पनि थिए । त्यही चक्करमा एक जना साथीमार्फत उनको भेट काठमाडौंका नमराज बेलबासेसँग भयो ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

सिस्टमले चलेको देश जापान

जापानबारे सानैदेखि पढ्दै र सुन्दै आएको थिएँ— सूर्योदयको देश, विकसित देश, प्रविधिमा अगाडि रहेको देश, दोस्रो विश्वयुद्धमा अमेरिकाले अणु बम खसालेको देश, मानिसको औसत आयु बढी भएको देश आदि–आदि । 

बिएल संवाददाता

बिएल संवाददाता - अनुपम खड्का

आलमको अपराधमा नयाँ पत्रिकाको शृंखलाबद्ध रिपोर्टिङ

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वमन्त्री आफताब आलमसहित चारविरुद्ध जन्मकैदको फैसला भएको छ । चार वर्षदेखि विचाराधीन मुद्दामा जिल्ला अदालत रौतहटले बिहीबार आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । अफताब आलमविरुद्धको १६ वर्ष लामो र कठोर लडाइँमा पीडित परिवारले न्याय पाएको छ । करोडौँको प्रलोभन र ज्यान मार्नेसम्मको धम्की एवं दबाबसँग नझुकेका पीडित परिवार बिहीबार रौतहट जिल्ला अदालतको फैसलापछि खुसी छन् । आलमको क्रूर अपराधको नयाँ पत्रिकाले स्थलगतदेखि अनुसन्धानसम्ममा शृंखलाबद्ध रिपोर्टिङ गरेको थियो ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - नयाँ पत्रिका

कतारी अमिरको भ्रमणबाट के नेपाल यथेष्ट लाभ लिन चुकेको हो

कतार मामिलाका जानकारहरूले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणलाई अपेक्षा गरिए जति फलदायी बनाउन नेपाल चुकेको बताएका छन्।

बिबिसी

बिबिसी - अशोक दाहाल

‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’

कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनुभएको थियो । म शशांकसँग रहे पनि अन्तिम समयमा उहाँहरूसँग जोडिन पुगेको हो । शशांकलाई पार्टी सभापति बनाउनुपर्छ भन्ने विचार राख्थें । तर, शशांक आफू नलड्ने भनेर १४ औं महाधिवेशनमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुभयो । म पनि पौडेल नै सभापतिका लागि उपयुक्त हुनुहुन्छ भनेर लागेको थिएँ । तर हाम्रो समूहभित्र सहमति निर्माण गर्न नसकेपछि पौडेल जस्तो वरिष्ठ नेता आफ्नै समूहमा एक भन्दा बढी उम्मेदवार हुँदा चुनाव लड्न हुँदैन जस्तो लाग्यो । त्यही सुझाव पनि दिएँ । 

लोकान्तर

लोकान्तर - काठमाडाैँ

हामी कसरी मासिंदै छौं?

हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर– यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?

हिमाल खबर

हिमाल खबर - श्रवण शर्मा

ऊर्जा सुरक्षामा कस्तो छ नेपालको अवस्था?

ऊर्जा आधुनिक विश्वको आधारभूत आवश्यकता हो। आर्थिक वृद्धि, सामाजिक विकास र गरिबी निवारणका लागि ऊर्जा एक महत्वपूर्ण निवेशका रूपमा छ। बढ्दो जनसंख्या र आर्थिक वृद्धिसँगै ऊर्जाको माग पनि बढ्दै छ।

सेतोपाटी

सेतोपाटी - डा. मुकेशराज काफ्ले

भारतीय निर्वाचनपछिको नेपाली राजनीति

भारतको आन्तरिक निर्वाचनमा नेपाल कुनै ‘फ्याक्टर’ नहोला तर पहिलो चरणको मतदानको पूर्वसन्ध्यामा मोदीलाई प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो अनुहार या अमित शाहले फेरि एकपल्ट तिरुपतिदेखि पशुपतिसम्मको नक्सली अर्थात माओवादी ‘कोरिडोर’को पुरानो भारतीय अवधारणा दोहोर्‍याउँदै एक–दुई वर्षभित्र माओवादी निर्मुल गरेरै छोड्ने प्रण गरेका छन्।

देशसञ्चार

देशसञ्चार - काठमाडौँ

दलीय स्वार्थको दलदलमा प्रदेश सत्ता

बैठकमा संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद पुगेकाले बहुमतले भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन माग गरेर चैत २६ गतेदेखि ३० दिनभित्र विश्वासको मत लिन भन्दै संकल्प प्रस्ताव पेस गरेका थिए।

नागरिक दैनिक

नागरिक दैनिक - काठमाडौँ

निर्वाचन पद्धति नबदली के बदलिएला र खोइ !

यसका लागि कुन दलका कति उम्मेदवार छनोट भए भन्न समानुपातिकतर्फको मतको समेत गणना गरेपछि मात्र आकलन गर्न सकिने परिस्थिति आउँछ । यस्तो खालको चुनाव पद्धतिले प्रायः कुनै पनि दलको स्पष्ट बहुमत आएर सरकार गठन भई पाँच वर्ष पूरा अवधि सरकार सञ्चालन हुने कुरा असम्भवप्रायः देखिन्छ ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ

हमासले गत ७ अक्टोबरमा इजरेली मानव बस्तीहरूमा गरेको आक्रमणको बदलामा इजरेलले गाजा क्षेत्रमा प्रत्याक्रमण थालेसँगै उक्त क्षेत्रको बढ्दो तनावपूर्ण अवस्थामा इरान र उसका सहयोगीहरूको पनि भूमिका देखिएको छ।

बिबिसी

बिबिसी - काठमाडौं