मङ्गलबार, १४ जुलाई २०२६

ग्याल्पो दोन्डुपको निधन- एउटा कालखण्डको अवसान

चीन सरकारले सशस्त्र पैदल सेना सहित तिब्बत कब्जामा लिन अगाडि बढेपछि दलाई लामा विं.सं २०१६ सालमा तिब्बतबाट भारत निर्वासनमा आउनुभयो। यसको सबै व्यवस्थापन ग्यालो दोन्डुपले जवाहरलाल नेहरुसँग मिलेर गरेका थिए।

देशसञ्चार

देशसञ्चार - काठमाडाैँ

आफ्नै परिचय भएका साहित्यकारलाई किन चाहियो सरकारको परिचयपत्र?

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्‍यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु।

देशसञ्चार

देशसञ्चार - काठमाडौँ

कोदो : कठिन परिस्थितिको खाद्य समाधान

कोदो जुन कठिन पर्यावरणीय परिस्थितिमा पनि उत्पादन गर्न सकिन्छ। कम लागत, पानी कम साथै उर्वर माटो नभएका ठाउँमा पनि यसको खेती सम्भव छ। नेपालमा कोदो चौथो महत्त्वपूर्ण अन्नको रूपमा परिचित छ। दुनियाँभरि क्यालोरी र प्रोटिनको लगभग आधा भाग केवल तीन बालीहरू गहुँ, धान र मकैबाट प्राप्त हुन्छ। जबकि केवल ३० प्रजातिका वनस्पतिले विश्वव्यापी खाद्य आवश्यकताको ९५ प्रतिशत आपूर्ति गर्छन्।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - डा. हरि जोशी

६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भर्खरै बेलायत भ्रमण गरेर नेपाल फर्किएका छन् । उनी बेलायतमै हुँदा केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्यायो । अध्यादेशको तरङ्ग अझै सकिएको छैन ।

रातोपाटी

रातोपाटी - अर्जुन आचार्य

दार्जिलिङमा उत्पादन घट्यो, नेपाली चियाको माग बढ्यो

यो वर्ष नेपाली चियाको माग र मूल्य बढेको छ। नेपालको चियाको लागि मुख्य बजार भारत हो। तर विगतका वर्षहरूमा भारतले लगातार गैरभन्सार अवरोधहरू सिर्जना गरेपछि निर्यातमा समस्या देखिने गरेको थियो।

सेतोपाटी

सेतोपाटी - भागवत भट्टराई

लोकतन्त्रलाई सान्दर्भिक बनाउने कसरी ?

करिब ३७५ इसापूर्वमा लेखिएको प्लेटोको ‘द रिपब्लिक’ प्राचीन ग्रिक दर्शनको एक महत्वपूर्ण कृति हो र यसले पश्चिमा राजनीतिक चिन्तनलाई गहिरो ढंगले प्रभाव पारेको छ । ग्रिसलाई प्रायः ‘लोकतन्त्रको उद्गमस्थल’ भनेर चिनिन्छ, जहाँ विश्वकै पहिलो लोकतान्त्रिक प्रणाली एथेन्समा विकसित भएको थियो । डेमोक्रेसी अर्थात् ‘लोकतन्त्र’ शब्द नै ग्रिक भाषाबाट विकास भएको हो ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - म्याथ्यु ड्यानकोम्ब

त्रासैत्रासमा माधव नेपाल !

कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन् ।

लोकान्तर

लोकान्तर - काठमाडौँ

एनआरएनएलाई नियमावलीको चक्करमा ठक्कर, जग्गा बेच्न र आफन्तलाई दिन पाउँदैनन्!

नियमावलीको दफा ११ अनुसार गैरआवासीय नेपालीहरुले काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी र तराई क्षेत्रमा एक विगाहसम्म जग्गा किन्न पाउँछन्। तर, पुर्खौली जग्गासहित पछि किनेको जग्गा उनीहरुले बेच्न पाउँदैनन्।

क्यापिटल

क्यापिटल - काठमाडौँ

पहुँच र पैसा : दुई सरकारी कार्यालय, दुई दृष्टान्त

उनी सरकारी बैंकमा अधिकृत तहमा काम गरिरहेकी एक ‘प्रोफेसनल’ महिला भएकोले पछिल्ला दिनमा उनले त्यस सरकारी कार्यालयका काम–कारबाही प्रति असन्तुष्टि देखाउन लागिन् । त्यसो त उनीसँग पैसा लगायतका कुनै कुराको प्रत्यक्ष माग गरिएको थिएन । तर, सेवा दिन किन आलटाल गरिएको हो, त्यो उनले कहिल्यै बुझिनन् ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

समानुपातिक सांसदलाई पार्टी र सरकारमै हेलाहोचो

प्रदेश सभाका समानुपातिक सांसदले पार्टीभित्रै र सरकारी निकायबाट समेत हेलाहोचो महसूस गरेका छन् भने बजेटमा योजना बाँडफाँडदेखि कार्यकारी भूमिकामा भेदभाव भइरहेको बताएका छन्।

हिमाल खबर

हिमाल खबर - काठमाडौं

भन्न पो भा' छैन, एमालेको समस्या कसलाई थाहा छैन!

एमालेका कार्यकर्ता पार्टीले बेहोरिरहेको आन्तरिक संकटसँग परिचित छन्। समस्याको गुह्य के हो र समाधान कहाँ अड्किएको छ भन्ने सांगोपांगो पनि उनीहरूलाई थाहा छ। तर उनीहरू थाहा भएर पनि केही बोल्न नसक्ने निरीह पात्र बन्न पुगेका छन्।

सेतोपाटी

सेतोपाटी - काठमाडौं

खेलकुदमै भविष्य देखिरहेको पुस्ता

पूर्वखेलाडी र नेपाल क्रिकेट संघको सचिव भएका नाताले युवापुस्ताप्रति मेरो ठुलो भरोसा र सम्मान छ । किनकि, खेलकुदमा युवा अपरिहार्य शक्ति हो । चाहे खेलाडीका रूपमा होस् वा दर्शक, उनीहरूको उपस्थितिबेगर खेल क्षेत्र चलायमान हुन सक्दैन ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडौं

नेपालमा चाहिन्छ मेलमिलाप नीतिको नयाँ भाष्य

राजा र राजनीतिक दल मिलेर मात्र मुलुकको हित हुन सक्छ भन्ने राष्ट्रिय मेलमिलापको सन्देश थियो । त्यही दिनको सम्झनामा नेपाली कांग्रेसले प्रत्येक वर्षको १६ पुसलाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

नचाहेको व्यक्तिलाई नेपाल आउनुअघि नै रोक्ने प्रणाली भित्र्याउने तयारी

अध्यागमन विभागले नेपालले कालोसूचीमा राखेका वा आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका व्यक्तिहरूलाई नेपाल उड्नुअघि नै रोक्न सकिने प्रणाली भित्र्याउनेबारे अध्ययन भइरहेको जनाएको छ।

बिबिसी

बिबिसी - काठमाडौं

अध्यागमनमा अब ‘एपिस’ प्रणाली : नेपाल आउने यात्रुको विवरण पहिल्यै थाहा हुने, बाहिरिनेहरू पुगेको गन्तव्य पनि ‘ट्रयाकिङ’ गर्न सकिने

विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडौं

अङ्ग प्रत्यारोपणलाई 'पारदर्शी बनाउन' ल्याइएको अनलाइन सेवाले के फरक पार्छ?

"ब्रेन डेथ भएको अवस्थामा ती व्यक्तिका लागि उपयोगी नहुने अङ्ग अर्को कसैका लागि भने नयाँ जीवन दिने खालको हुन्छ," मन्त्री प्रदिप पौडेलले बीबीसीसँग भने। "अनलाइनको यस प्रक्रियामा त्यस्तो अङ्ग कसलाई दिने भन्ने कुरा पारदर्शी बनाउँछ।"

बिबिसी

बिबिसी - काठमाडौं

समाज कल्याणअन्तर्गतका कोषमा बेथिति : अनुदानको रकम तलब–भत्तामा झ्वाम !

समाज कल्याण परिषदमातहत रहेका ५ वटा कोष 'कल्याण'को क्षेत्रमा काम गर्नुको साटो कर्मचारी पाल्नमै सीमित भएका छन् । परिषद मातहत उपकार कोष, राष्ट्रिय अपांग कोष, राष्ट्रिय स्वास्थ्य कोष, ज्येष्ठ नागरिक कोष र सामाजिक उद्यमशीलता कोष वर्षौंदेखि सञ्चालनमा छन् ।

लोकान्तर

लोकान्तर - काठमाडौं

माओवादीको एकता समायोजनसम्बन्धी निर्णयले संगठन थप भद्रगोल हुने खतरा

मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो ।

रातोपाटी

रातोपाटी - काठमाडौं

रविको मुद्दा १० दिनभित्रै बुझाइने, सम्पत्ति शुद्धीकरण र ठगीमा के भेटियो प्रमाण ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ ।

लोकान्तर

लोकान्तर - काठमाडौं