मङ्गलबार, १४ जुलाई २०२६

ओली–प्रचण्ड किन बढ्यो तिक्तता?

हिजो एउटै पार्टी बनाउँछु भन्ने नेताहरू किन यसरी आरोप प्रत्यारोपमा उत्रिनुपर्‍यो ? एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा मुलुकको अहिलेको अवस्थाप्रति शीर्ष नेतृत्व गम्भीर बन्ने बेला आएको छ। –नीलाम्बर आचार्य, संविधानविद् एवं पूर्वराजदूत

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - नरेन्द्र साउद

प्रधानमन्त्रीमातहतकै कार्यालय छैनन् प्रभावकारी

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कामप्रति प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - सुवास भट्ट

क्रान्तिकारी कुरा गर्नेले त्यो बेला केके बोलेका छन् किताब लेख्छु

सभापति पोखरेल एमालेबाट निर्वाचित भएका हुन्। एमाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कारबाही गराउन चाहन्छ। त्यही विषयमा मत बाझिएपछि समिति निर्णयमा पुग्न सकेको छैन ।

बाह्रखरी

बाह्रखरी - काठमाडौं

प्रचण्डका ५ विरोधाभास

आफू प्रधानमन्त्री छँदा आलोचकलाई निराशावाद फैलाउन लागेको भनी आक्षेप लगाउने प्रचण्ड प्रतिपक्षी बन्नेबित्तिकै बंगलादेश र श्रीलंका देखाएर असन्तुष्टिको लाभ लिन खोजिरहेका छन् ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडाैँ

भक्तपुरको इतिहास बिर्साउने घटना, २०४५ सालको भूकम्प र ह्योजुको हत्या

धरान तहसनहस नै भएको थियो । भूकम्पमा परी सुनसरी जिल्लामा मात्र १ सय ३८ जनाको मृत्यु भएको थियो । ३ सय २७ जना गम्भीर घाइते तथा १ हजार ७ सय ९० जना सामान्य घाइते भएका थिए । धरानमा धेरै घर चर्किने तथा भत्किने नभए पनि धनकुटामा भने ३ हजार ३ सय ८७ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो । भूकम्पको क्षतिले भन्दा जनमानसमा बसेको त्रासले धरानको लाहुरे समुदाय पलायन हुन थालेको थियो । इटहरी बजार चम्किनुको एउटा मुख्य कारण नै २०४५ सालको भूकम्प मानिन्छ ।

शिलापत्र

शिलापत्र - काठमाडौं

दुई करोड ५० लाखको सम्पत्ति हत्याउन न्यायाधीशदेखि वडाध्यक्षसम्मको खेल, ५ वर्षमा बिहे, ६ वर्षमा छोरीको बा

तत्कालीन जिल्ला न्यायाधीश कोइरालाले नागरिकतामा बाबुको नाम लेखेको आधारमा पुन प्रश्न उठाउन र थप प्रमाण खोज्न आवश्यक नभएको भन्दै मल्तीलाई सुखुको छोरी कायम गरिदिए।

उकेरा

उकेरा - काठमाडौं

‘बिजनेस’ लिन विमानस्थल निर्माण, चलाउन नसक्दा बिजनेस विनै उडान प्रस्ताव

सम्झौता अनुसार वर्षमा दुई पटक (६-६ महिनामा) गरी सरकारले १ अर्ब ९४ करोड ५० लाख ८४ हजार रुपैयाँ किस्ता भुक्तानी गर्नुपर्छ । यो भनेको प्रतिमहिना १६ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको खर्च हो । तर, विमानस्थल निर्माण सम्पन्न भएको करिब १९ महिना बित्दा पनि नियमित एउटै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२५ करोडका प्रयोगशाला भ्यान एक दिन पनि नचली 'कबाड' !

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खरिद गरेका २ थान भ्यान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका २ थान भ्यान एकपटक पनि नचलाइ ५ वर्षदेखि खिया लागेर बसेका छन् ।

लोकान्तर

लोकान्तर - काठमाडौं

राष्ट्रिय गौरवका आयोजना : बजेट खर्च शतप्रतिशत, प्रगति नगन्य

सिँचाइ होस् वा सडक, जलविद्युत् होस् वा धार्मिकस्थल सबैतिर काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको पाइन्छ । कतिपय आयोजनालाई माग गरेजति बजेट छुट्याउने र पुरा बजेट खन्याउँदा पनि प्रगति भने निकै कम हुने गरेको देखिन्छ ।

बाह्रखरी

बाह्रखरी - काठमाडौं

मेलम्ची नदी बस्ती र क्याम्पसतिर सोझिएपछि रातभरि जागै बस्छन् हेलम्बुबासी

‘त्यहाँ ठुल्ठूला ढुंगा हालेर कटान गर्न नसक्ने बनाएकाले पुल जोगिने अवस्था छ। तल्लो तटीय क्षेत्रमा भने नदीले धार नै परिवर्तन गरेको छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने।

सेतोपाटी

सेतोपाटी - अक्षर काका

सरकारी अध्ययन प्रतिवेदन सधैँ गोप्य

अकस्मात् कुनै ठूलो घटना हुँदा नियमित प्रशासनिक कारबाहीबाट निरूपण गर्न नसकिने अवस्थामा विज्ञहरू सम्मिलित आयोग तथा समिति गठन गर्ने प्रचलन छ, तर सरकारले यस्ता आयोगका प्रतिवेदन कार्यान्वयन गर्नु त परै जाओस्, सार्वजनिकसम्म गर्दैन

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - सुवास भट्ट

सबै डुबेका छैनन् सहकारी

करिब ५४ प्रतिशत थारु समुदायको बाहुल्यता रहेको ठाकुरबाबा नगरपालिका–१ मा सञ्चालन भएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस समुदायका नागरिकहरूको भरोसा बनेको छ। समुदायमा आधारित भएर भएर मात्रै सहकारीले आफ्नो बचत तथा ऋण प्रवाहलाई केन्द्रित बनाएको हो।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - केशरराज क्षेत्री

मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकिने समयसम्म आधा मात्र काम

८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन ।

अनलाइनखबर

अनलाइनखबर - अच्युत पुरी

जहाँ वर्षदिन नाघेका मुद्दा छैनन्

छिटो आदेशको कार्यान्वयन, पेसी चढ्ने गरेका र पेसीमा चढेका अत्यधिक मुद्दा फैसला हुने र प्रभावकारी अदालत व्यवस्थापनले गर्दा यहाँ मुद्दाका किनारा छिटो लाग्ने गरेका हुन्। अदालत स्थापना भइसकेपछि पहिलोपटक यस्तो सफलता हाँसिल भएको हो।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - केशरराज क्षेत्री

लगातार तेस्रो वर्ष नेपालमा ठूलो विमान दुर्घटना, समस्याको जड कहाँ छ

"उनीहरूकै प्राविधिक एवं इन्जिनियरहरू बसेर उडेको विमान दुर्घटना भयो, पक्कै पनि उनीहरू विश्वस्त भएरै उडेका थिए होलान्," नेपाल वायुसेवा निगमका एकजना सेवानिवृत क्याप्टेन वाईके भट्टराईले बीबीसीसँग भने।

बिबिसी

बिबिसी - काठमाडौं

जो कुकुरलाई सन्तान मान्छिन्

सडक कुकुरको उद्धार र हेरचाहमा रमाइरहेकी सुनिता प्रधान लिम्बू भन्छिन्, “यी अबोध प्राणीलाई त मैले दिन सक्ने माया दिएकी हुँ, यिनीहरूलाई स्याहार्दा कता हो कताको अपार खुशी पाएकी छु।”

हिमाल खबर

हिमाल खबर - उर्मिला गम्वा थारू

विभेदविरुद्ध गाइरहन्छु

हामी कलाकारले समाज, समय र परिस्थितिलाई बुझ्नैपर्छ । हामीले गीत मात्रै गाएर हुँदैन । हामीले गीतमार्फत समाजलाई प्रश्न गर्न सक्नुपर्छ ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - पवन बराइली

ओली टीममा रहेरै अपहेलित छबिलाल विश्वकर्मा

पार्टीको हरेक आन्तरिक संघर्षमा ओलीलाई छबिलालको विनाशर्त साथ छ । तर ओलीले आफूलाई साथ दिने नेताहरुलाई लाभको पदमा लगातार अवसर दिँदा छबिलाल सधैं छुट्दै आएका छन् ।

अनलाइनखबर

अनलाइनखबर - सइन्द्र राई

प्रश्नको घेरामा प्रधानमन्त्री ओलीको ‘सुशासन यात्रा’

संसदका ठुला दल कांग्रेस र एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमाथि आशा र आशङ्का दुवै देखिएको छ । प्रधानमन्त्री ओलीसँग संसदमा समर्थन बलियो देखिए पनि विगतको बेथिति रोकिनेमा धेरैको आशङ्का छ ।

सेतोपाटी

सेतोपाटी - लोकेन्द्र भट्ट