मङ्गलबार, १४ जुलाई २०२६

हवाई भाडामा ब्रह्मलुटले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाडौँदेखि दुबईसम्मको हवाई भाडामा समेत तीन गुणा वृद्धि भएको छ । ३० देखि ४० हजार रुपैयाँ हाराहारीमा रहेको हवाई टिकटको हाल न्यूनतम भाडा एक लाख तीन हजार ८१८ देखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।

रातोपाटी

रातोपाटी - काठमाडौं

साना कम्पनीको धितोपत्र कारोबार गर्न छुट्टै 'प्लाटफर्म' प्रस्ताव, क्रेडिट रेटिङ अनिवार्य नहुने

अर्थ मन्त्रालयले नियमावलीको मस्यौदा स्वीकृतगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पठाएको छ। यसअघि कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितो पत्र निष्कासन गर्न पाउनेगरी धितो पत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो। बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्मा पठाएको हो।

लोकान्तर

लोकान्तर - काठमाडौं

मनसुन याममा गत वर्षभन्दा पाँच गुणाले क्षति, कहाँ चुक्यो सरकार?

सरदरभन्दा छिटो भित्रिएको र ढिला बाहिरिएको मनसुनले यस वर्ष ठूलै विपद निम्त्यायो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि गत वर्षको तुलनामा ५ सय ३७ प्रतिशतले बढी मानवीय क्षति भयो।

सेतोपाटी

सेतोपाटी - काठमाडौं

मनाङे-चक्रे दुश्मनीको कथा : चुफाङ रेस्टुरेन्टमा २०६१ मा घटेको त्यो घटना, जसले मनाङे २० वर्षपछि जेल जाँदैछन्

इटहरीबाट आएका आफ्नो समूहका केही सदस्यहरू पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा रहेकाले चक्रे मिलन त्यही रेस्टुरेन्टमा गए। उनी आफ्ना समूहका सदस्यसँग गफ गरेर बसिरहेको बेलामा एकाएक हेलमेट लगाएका १५ जना जतिको समूह रेस्टुरेन्टभित्र छिरे।

उकेरा

उकेरा - काठमाडौं

नेपाली युवा लक्षित चीनको नयाँ कार्यक्रम, विज्ञ के भन्छन्?

यस्ता गतिविधिलाई 'जनस्तरमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने अभ्यास' का रूपमा हेर्ने गरिएको भएपनि एक जना पूर्व राजदूतले सरकारसँगको समन्वयमा मात्र मित्रराष्ट्रहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने टिप्पणी गरेका छन्।

बिबिसी

बिबिसी - काठमाडौं

गाउँलाई घाटमा शहर लैजाँदै छु

यता म चाँहि जुनले दिएको उज्यालोको मझेरीमा ट्याप्प बसेर रात्रिकालीन कल्पनामा डुबिरहँदा बैजनी रंगका कलापूर्ण बादलका रेयरहरुसँगै मन्द मिठो हावाको आवाजमा म आफुलाई भुलाइरहेको छु । चुपचाप बगिरहेको खोला र खोलामा रमाइरहेका चिरबिरहरु आफ्नै सपनामा मस्त छन् । म सपनाको शहरका गल्लीगल्लीमा भौतारिँदै हिँड्ने काबुक केटोलाई मेरो जन्मिएको हुर्किएको प्यारो गाउँले गिज्जाइरहेको महसुस हुन्थ्यो ।

शिलापत्र

शिलापत्र - काठमाडौं

कालीमाटीको स्वर्णलक्ष्मीमा रवि कनेक्सन– जीबीसहित संयुक्त ऋणी भएर गाडी खरिद !

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ ।

लोकान्तर

लोकान्तर - काठमाडौं

छानबिनमा निकितालाई नजोड्न महानगर गएरै थर्काएका थिए डीपीले, रविले भेटेका थिए बालेन

साई स्वागत सहकारीको सवालमा के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा ढकालले सहकारीले गल्ती गरेको सुरुवातमा पत्र पठाएरै सुधार्न खोजिने र त्यसपछि पनि सुधार नभए के गर्ने निर्णय लिने बताए।

उकेरा

उकेरा - प्रजु पन्त

घोषित राष्ट्रिय मुद्दामै चुकेको सरकार, न संविधान संशोधन न आर्थिक सुधारका मुद्दा !

औपचारिक रुपमा सार्वजनिक नभएको ‘सात बुँदे सहमति’ र नेतृत्व वृत्तबाट यिनै दुई विषयमा हल गर्न सत्ता सहकार्य गर्नुपरेको बताएका थिए । दुई तिहाइ बहुमतको सरकार बन्दा उनीहरूबाट घोषित ‘एजेन्डा’ले मूर्त रुप पाउने आशा जगाएको थियो ।

बाह्रखरी

बाह्रखरी - काठमाडौं

सरकारले ल्याउने भनिएको अध्यादेशबाट विपक्षी दल किन त्रसित?

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना नरहेको प्रस्ट पारिसके पनि विपक्षी दलहरू उनको सो भनाइप्रति ढुक्क हुन सकिरहेका छैनन्। प्रधानमन्त्री ओलीको भनाइ र गराइमा एकरुपता नहुने माओवादी केन्द्रका नेताहरू बताइरहेका छन्।

रातोपाटी

रातोपाटी - एसके यादव

जलस्रोतको रणनीतिक उपयोग

जलवायुमा देखिएको अस्वाभाविक परिवर्तनले भूबनोट र भूस्थायित्वलाई खलबल्याइदिनाले, माटोको गुणस्तर खस्किनाले र पानीका परम्परागत मुहान नष्ट गरिदिनाले खाद्य सङ्कटका लक्षण पनि स्पष्ट रूपमा देखिन थालेका छन् ।

गोरखापत्र

गोरखापत्र - डा.चन्द्रमणि अधिकारी

‘एमालेलाई ठूलो दल बनाउन कांग्रेस कसरी सहयोगी होला?’

उनीहरुले मोर्चा नै बनाए, तर सरकारले अध्यादेश ल्याएन। तर सत्ता घटक नेपाली कांग्रेसले साथ दिनासाथ कुनै पनि बेला अध्यादेश आउन सक्ने त्रास विपक्षी दलहरुमा छ। त्यसैले उनीहरुले सोमबार राष्ट्रपति समेत गुहारेका छन्।

अनलाइनखबर

अनलाइनखबर - काठमाडाैँ

जिबीका कम्पनीमा वरिष्ठ सल्लाहकारको रूपमा हर्ताकर्ताजस्तै थिए बाबुराम कुँवर

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार रहेका जिबी राईको कम्पनीमा वरिष्ठ सल्लाहकारको भूमिकामा ‘हर्ताकर्ता’जस्तै थिए। जिबीका भाइसहितका साझेदारलाई अघिपछि लगाएर हिँड्ने मात्रै होइन, माउ कम्पनी गोर्खा ग्रुप अफ कम्पनीलाई समेत निर्देश गर्थे। कम्पनी स्थापनादेखि सहकारीबाट अवैध रूपमा पैसा अपचलन गरेर फरार नहुँदासम्म कुँवर र राईबिच घनिष्ठता थियो।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - नवराज मैनाली, कमलराज भट्ट

पहिलो ३ महिनामा साढे ३ खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा व्यापार घाटा गत वर्षको तुलनामा ३.९६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँको व्यापार घाटा बेहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ छ। गत वर्षभन्दा व्यापार घाटामा केही सुधार देखिएको छ।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - ममता थापा

कानुन निर्माणमा कछुवाको गति : संसदले आवश्यक विधेयकसमेत बनाउन सकेन

प्रतिवेदन अनुसार ४० कानुनमा सङ्घीय शिक्षा कानुन, जनस्वास्थ्य कानुन, नेपाल प्रहरी कानुन, सङ्घीय निजामती कानुन, सञ्चारको हक सम्बन्धी विषय, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी कानुन, महिला, दलित सम्बन्धी कानुन, गुठी कानुन लगायत छन् ।

रातोपाटी

रातोपाटी - काठमाडौं

संसदीय समितिमा किन अलपत्र पर्छन् उजुरी ?

०८० जेठ १७ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ०७६ वैशााखपछि दर्ता गरिएका १२१ उजुरी फर्छ्योट हुन बाँकी रहेको विवरण सार्वजनिक गरेको थियो । संसद्को यो कार्यकालयमा लेखा समितिमा ८६ उजुरी परेका छन् ।

बाह्रखरी

बाह्रखरी - काठमाडौं

अल्झिएको अर्थतन्त्र

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा.राम प्रसाद ज्ञवालीले गरेको अध्ययन अनुसार ‌४५ वर्षदेखि नेपालको औसत आर्थिक वृद्धिदर ४ दशमलब शून्य दुई प्रतिशत देखिएको छ। २०३२ देखि २०७७ सालसम्म तथ्याङ्क राखेर गरिएको अनुसन्धानले तिनै कार्यकालमा आर्थिक वृद्धिदरको खास फरक देखिएन।

उकेरा

उकेरा - काठमाडौं

पहाडी पालिकामा मान्छे रोक्ने कार्यक्रम : घर, दुहुनो गाई र एक लाख नगद

‘हाम्रो पालिका मकवानपुरकै विकट गाउँपालिका हो, यहाँका मानिसहरू घरबारी छोडेर शहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा

सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर रोइन्। ३० वर्ष पुग्ने क्रममा रहेकी मोनिका भारतको आफ्नो जन्मभूमि रहेको नगरमा फर्किएकी छन् जहाँ सिरोले सयौँ बच्चा जन्मिँदा सुँडेनीको काम गरेकी छन्।

बिबिसी

बिबिसी - काठमाडौं

बेथितिको अनुसन्धान गर्ने सतर्कतामै गडबडी : सचिवदेखि उपसचिवसम्मबाट गाडी दुरुपयोग !

सचिव वैद्यकी श्रीमती एभरेस्ट बैंक लाजिम्पाट शाखामा काम गर्छिन् । 'बिहान घरबाट बैंक जाने बेलामा सचिवज्यू आफैं पनि गाडीमा बस्नुहुन्छ,' स्रोतले थप्यो, 'श्रीमतीलाई बैंक छाडेपछि उहाँ केन्द्रमा आउनुहुन्छ । साँझ ५ बजेतिर ड्राइभरलाई पठाएर घरसम्म पुर्‍याउन लगाउँदै आउनुभएको छ ।'

लोकान्तर

लोकान्तर - काठमाडौं