तस्करहरूसँग भिड्दा ६ सशस्त्र प्रहरी घाइते
धनुषामा सिमापार तस्करहरू र सशस्त्र प्रहरीबीच भीडन्त भएको छ। बिहीबार साँझ ७ बजेतिर गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्करहरूले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएङ्का छन्। तस्करीका सामानहरू बगैचामा लुकाएको खबर पाएपछि सशस्त्र प्रहरीको टोली वैदेही नगरपालिकासँग जोडिएको भारतीय सिमाना नजिकै पुगेको थियो।
बिएल संवाददाता - काठमाडाैं