बिहिबार, २१ अगस्ट २०२५

मुख्यमन्त्रीकाे पुतला दहन

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ। सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मंगलबार सांझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

प्रकृतीको आत्महत्यासँग जोडिएका किटका तीन अधिकारी र दुई सुरक्षा गार्ड पक्राउ

पक्राउ पर्नेमा तीनजना निर्देशक छन्। भने दुई जना सुरक्षा गार्ड छन्। भारतीय मिडियाहरूमा पक्राउ पर्नेमा विश्वविद्यालय डीजी-एचआर शिबानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चम्पती, छात्रावास निर्देशक सुधीरकुमार रथ छन्। त्यस्तै दुई सुरक्षा गार्डहरू रमाकान्त नायक र योगेन्द्र बेहरा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

ओडिसा सरकारद्वारा नेपाली विद्यार्थीमाथि दुर्व्यवहारको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन

समितिले नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग सम्बन्धि छानबिन गर्ने र उनीहरूलाई कानूनीरुपमा जबाफदेही बनाउने ओडिसा राज्य सरकारको सूचना विभागले विज्ञप्तिमार्फत जनाएको छ। घटनालगत्तै मुख्यमन्त्री मोहनचरण माझीले  विश्वविद्यालयको अनुगमन गरेका थिए। उनले विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा शक्तिको दुरुपयोगको छानबिन गरिने प्रतिवद्धता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकृतीका पिता भन्छन्- ‘हाम्रो माग न्याय हो अरु केही चाहिँदैन’

मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तारिखका लागि काठमाडौं अदालतमा उपस्थित भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी अदालत पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजले गर्‍यो प्रकृतिलाई दबाब दिने पाँच कर्मचारीलाई कारबाही

भारतको ओडिसास्थित किट कलेजले नेपाली छात्रा प्रकृति लम्सालकाे मृत्यु प्रकरणमा पाँच जना कर्मचारीलाई कारबाही गरेकाे छ। दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बूढानीलकण्ठमा प्रहरीले मार्‍याे छापा, समातिए २४ भारतीय

काठमाडौंको बूढानीलकण्ठमा २४ भारतीय नागरिकलाई पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हाे।   अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा पक्राउ परेका उनीहरूकाे साथबाट२१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृति लम्सालको न्यायका लागि नेविसंघले गर्‍यो प्रर्दशन

भारतको उडिसास्थित केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। मंगलबार पद्मा कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा बागबजारमा प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, साढे ८ करोड बिगो

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। आफूलाई तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका उनीविरूद्ध सोमबार मुद्दा दायर भएको हो।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बमजनलाई २०८० पुस २४ गते पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृती मृत्यु प्रकरण: मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नवबुद्धकाे फुलबारी गाउँ (फाेटाेफिचर)

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित नवबुद्ध नगारपालिका–१ फुलबारी एक ऐतिहासिक भुमी हो। यहाँ विशेष गरी ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

विश्वविद्यालयले विज्ञप्तिमार्फत भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ। यस अवधिमा उनीहरूको शैक्षिक गतिबिधिलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरविचार गर्नेछ। शान्ति कायम राख्न र पीडितलाई उचित न्याय सुनिश्चित गर्ने यो कदम चालिएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - भारत

पर्यटन प्रवर्द्धनका लागि बुलेट हाउसको आयोजनामा काठमाडौं-स्याङ्जा राइडिङ सम्पन्न

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीका अनुसार यात्रा बिहीबार बिहान तीनकुनेबाट सुरु भएको थियो। यात्राका क्रममा टोली काठमाडौंबाट पोखरा हुँदै कास्कीको ल्वाङ गाउँसम्म तथा पुनः पोखरा फर्किएर स्याङ्जाको सिरुबारी पुगेर आइतबार काठमाडौं फर्किएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा नेपाली विद्यार्थीमाथि अत्याचार, कुटिकुटि होस्टलबाट निकालियो (भिडियोसहित)

पत्रकार झाका अनुसार जबरजस्ती होस्टलबाट निकाल्दै नेपाली छात्रहरूलाई रल्वे स्टेसनमा पठाइएको छ। र, सबैको फोन फुटाइएको छ। गर्ल्स होस्टलमा रहेका विद्यार्थीहरूलाई पनि खाना खान दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

कुम्भ मेलामा स्नान गरेर फर्किदा नेपाली सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

कुम्भमेलाबाट फर्किँदै गर्दा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हाे। दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थाइल्यान्ड उडिन् पूर्वराष्ट्रपति, विमानस्थलमा एमाले नेताकाे लर्काे

उनी आज बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड गएकी हुन्।  बैंकक बसाइँको क्रममा पूर्वराष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित नेपालका नेपाली, बर्मेली नेपाली, थाई नेपाली र एमालेनिकट व्यापारीहरूसँग भेटघाट गर्ने भण्डारीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

महाकुम्भबाट चर्चा बटुलेकी माेनालिसा नेपाल आउने

महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन्। आँखाको फरक रङका कारण त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो। सानो धक्काले मनाङ र आसपासको क्षेत्रमा हल्लाए पनि क्षति भने नभएको प्रहरीले जनाएको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ। काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ। प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ। आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं