इरानमाथि अमेरिकी आक्रमण, ट्रम्पले के भने?
यो आक्रमणपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन्। त्यो सम्बोधनमा उनले इरानका सबै प्रमुख आणविक केन्द्रहरू पूर्णरुपमा ध्वस्त भइसकेको भन्दै ‘अब शान्तिको बाटोमा आउन’ इरानलाई फेरि चेतावनी दिएका छन्। ‘अझ पनि इरान त्यसका लागि तयार भएन भने भविष्यमा अझ भयानक आक्रमणको सामना गर्नुपर्नेछ’ ट्रम्पले भनेका छन्। उनले इजरायाली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई पनि बधाई दिएका छन्। अनि इजरायलको यो भयानक खतरा टाल्नका लागि अमेरिकाले साथै काम गरेको पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडौं