बुधबार, २६ नोभेम्बर २०२५

कतार र इराकका अमेरिकी सैनिक क्याम्पमा इरानको आक्रमण (भिडिओसहित)

खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरण कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्चबाट सफाइ

विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका कांग्रेस नेता गणेश लामालाई सर्वोच्च अदालतले सफाइ दिएकाे छ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ

जिल्ला अदालत काठमाडौंले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन्। ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाल मन्दिर प्रकरण: तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका प्रतिवादी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ। सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिका के चाहन्छ, इरान के सोचिरहेको होला?

‘ग्याम्बलर मिस्टर ट्रम्प, तिमीले यो युद्ध सुर गर्न सक्छौ। तर त्यसको अन्त्य हामी(इरान)ले मात्रै गर्नेछौं’ उनले भनेका छन्।  इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैनिक बेस क्याम्पहरूमा आक्रमण गर्ने पहिलो सम्भावना हो। खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट पास गर्न सांसदलाई एमालेको ह्वीप

‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको ह्विपमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘टेक एन्ड पे’ व्यवस्था संशोधन सुन्छ– दीपक खड्का

उनले भने, ‘टेक एन्ड पेको विषय चर्चामा छ। नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ। अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ। संशोधन भएर आउने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनुगमन तथा मूल्याङ्कन समितिलाई तोकिएकै मितिभित्र सुझाव दिन आग्रह

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयको सम्बन्धमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘म निर्दोष प्रमाणित’, किराती भन्छन् ‘भ्रष्टाचारीलाई यही जुनीमा सजाय हुनुपर्छ’

केही दिनअघि अख्तियारले उनीसँग पनि त्यसबारे बयान लिएको थियो। सोमबार सामाजिक सञ्जालमा यसबारे लेख्दै उनले आफूलाई बदनाम गर्न खोज्नेहरूदेखि ‘दया’ लागेको पनि बताएका छन्।  आइतबार मात्रै पशुपतिस्थित विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। त्यसमा तत्कालीन मन्त्री किरातीको पनि संलग्नता भएको भनिएको थियो।  ‘पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणीत भइसक्यो । अझै पनि सामाजिक संजालहरुमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरुप्रति दया लाग्छ’ किरातीले सामाजिक सञ्जालमा लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले बन्द गर्‍यो ‘तेलको बाटो’

अरब र ओमन खाडीबीचको रणनीतिक रुपमा महत्वपुर्ण तेलमार्ग हो होर्मुजसमुन्द्री मार्ग क्षेत्र। जो विश्वको तेलमार्गको सेतुका रुपमा चिनिन्छ। करिव ४० किमी लामो होर्मुजसमुन्द्री तेल मार्ग तरल प्राकृतिक ग्यास ओसारपसार गर्ने महासागरको बाटो हो। केही दिन अघि अर्थात १३ जुनमा त्यस क्षेत्रमा भएका  विस्फोटहरुले कैयौं क्षति भएको बताईन्छ। साथै तेल ट्याकंरहरु समेत ध्वस्त भएका थिए। विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा सयौं नेपाली ‘बन्धक’, थप २२ जनाको उद्धार (भिडिओसहित)

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रहरी, किन इन्डियान नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते ३५ जनाको उद्धार कार्य सम्पन्न गरेको थियो। किन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए। ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्‍याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा

निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ। शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

तीन प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ। तर, अहिले भने काठमाडौंमा अहिले पानी पर्न रोकिएको छ। मध्यरातको वर्षाले काठमाडौंको विष्णुमती, बागमती र धोबीखोलामा बाढी आए पनि अहिले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गेश थापालाई प्रधानमन्त्रीको बधाई भने, ‘दुश्मन हेरेको हेर्‍यै’

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक तथा मोडल दुर्गेश थापालाई बधाई दिएका छन्। थापाले पाँच महिनाअघि सार्वजनिक गरेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’को लोकप्रियतालाई हेरेर प्रधानमन्त्री ओलीले गायक थापालाई बधाई दिएका हुन्।  सामाजिक सञ्जालमा गायक थापाको गीतको कभर फोटो राखेर उनले नयाँ पुस्ताले बेग्लै स्वादका गीतहरू रुचाउन थालेको पनि बताएका छन्। गीत सार्वजनिक भएको पाँच महिनामै यो गीतले युट्यूवमा १० करोड भ्यूज बटुलिसकेको छ।  ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ’ प्रधानमन्त्री ओलीले  भनेका छन् ‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साढे २२ करोडको पुल निर्माण नसकिँदै भाँचिएपछि…

रामेछापको मन्थली नगरपालिका-६ को कुनउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ। आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याब पुरै खसेको छ। स्ल्याब यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो। त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिरहेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईंमा झरेको स्थानीय पाण्डव प्रसाईंले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

अमरेश कुमारले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि सदनमा लफडा...

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ। सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मटन–चिकेन खुवाउने सपना देखायाे, आलु र बेसार–पानी खुवायो

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सदनमा आज पनि रास्वपाको नाराबाजी

आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किन घट्दैछ नेपालबाट यार्सागुम्बा निर्यात?

पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८०–८१ को ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सा गुम्बा निर्यात भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं