‘युद्धका बादलहरू मडारिरहेका बेला बुद्धिज्म र शान्ति आवश्यक छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुद्धिजम् र शान्ति आजको आवश्यकता भएको बताएका छन्। लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुद्धिजम् भएको बताए। उनले भने, ‘बुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन्। दुनियाँ कहीं युद्धतिर त जाँदैन? युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ।’
बिएल संवाददाता - काठमाडौं