
बालेनप्रति एमालेकाे आक्राेश- यही व्यवस्थामा तपाईं मेयर हुनुभयाे, अनि नेताहरुको जेल बसाइलाई मजाक उढाउने?
‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उढाउने?’, उनले भने।

बिएल संवाददाता - काठमाडौं