तीनकुनेको घटना राजनीतिक घटना मात्र होइन घटनाक्रम हो, गम्भीरतापूर्वक लिनुपर्छः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको घटना राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको दाबी गरेका छन्। सोमबार संसद बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुसार समाधान गर्न अनुरोध गरेका छन्। उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै-जादै गर्छन् भन्दैगर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नुभएन। यो एउटा हामीले बुझ्नुपर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो। अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ। त्यसैले यसलाई गम्भीरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ।’
बिएल संवाददाता - काठमाडौं