किन रिसाए नारायणकाजी? प्रचण्ड भन्छन्- फटाहाहरूले भ्रम छरे
माओवादीको तराई मधेस जागरण अभियानको उदघाटन कार्यक्रममा झापा सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि उनले चितवन पुगेर कार्यकर्तासँग माफी मागेका थिए। प्रचण्डले पार्टी एकबद्ध नै रहेको दाबी गर्दै भने, ‘मैले भन्या छु एकताबद्ध नै छ। तपाईंहरूले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो। तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ। हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि।’
बिएल संवाददाता - विराटनगर